खोलामा डुबेर बेपत्ता भएका दुवै जनाको शव भेटियो !

सांकेतिक तस्विर

काठमाडौँ – नुहाउन गएका बेला खोलामा डुबेर बेपत्ता भएका धादिङ स्थित गजुरी गाउँपालिकाका दुई जनाको शव फेला परेको छ।

गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएकाबेला डुबेर बेपत्ता भएका दुवैजनाको शव शनिबार दिउँसो फेला परेको हो। २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम स्याङ्तान शनिबार बिहान खोलामा डुबेर बेपत्ता भएका थिए।

शनिबार बिहान १० बजेको समयमा खोलामा ४ जना डुबेको र २ जनाले पौडेर ज्यान जोगाएको स्थानीयहरुले जानकारी छन्। खोलामा जथाभावी उत्खनन् गरेको कारण यस्ता घटना घट्ने गरेको स्थानीयहरुको आरोप छ।

डुबेर दुई जना बेपत्ता भएपछि आक्रोशित स्थानीयहरुले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्।

ठूलो संख्यामा जम्मा भएका स्थानीयहरुले दुईवटा स्काभेटरमा आगो लगाउनुका साथै अन्य स्काभेटरमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : शनिबार, साउन २५, २०७६०९:४८

“पुगेको ठाउँमा जनताको भीड लाग्नुमा पूर्वराजाको गल्ति छैन, प्रचण्डले धम्कि दिन मिल्दैन”