७० दशकका यी ७ अभिनेत्रीहरु अहिले यस्ता देखिन्छन, रेखाको सुन्दरता अगाडी अरु फिक्का…

७० र ८० दशकको चर्चित अभिनेत्री  नीतू कपूरले चाइल्ड एक्ट्रेसको रुपमा हिंदी फिल्म इंडस्ट्रीमा  डेब्यू  गरेकी थिइन्।  नीतूको पहिलो  फिल्म सूरज थियो । १५ वर्षको उमेरमा नीतूले  लीड एक्ट्रेसको  रूपमा  फिल्म रिक्शावाला (१९७३ ) मा काम गरेकी थिइन् । अहिले नीतूको  लुक निकै बद्लिएको छ।

आज ७० दशकको केहि अभिनेत्रीको बारेमा बताउछौ जसको रुप रङ बदलेको छ ।

शबाना आजमी

शबाना आजमीले ग्ल्यामार अभिनेत्रीको भिडमा आफ्नो अलग पहिचान बनाईन् ।  स्मिता पाटिल र शबाना आजमी त्यो बेलाको चर्चित कलाकार थिए। अर्थ, निशांत, अंकुर, स्पर्श, मंडी र मासूम जस्ता फिल्ममा शबाना आजमीले आफ्नो अभिनयको छाप छोडेकी छन्।

डिम्पल कपडिया

डिम्पल एक यस्तो अभिनेत्री हुन् जसले पहिलो फिल्मको सफलता पछि पनि लामो समयसम्म फिल्मबाट टाढा रहिन्। डिम्पलको पहिलो र दोस्रो फिल्ममा ११ वर्षको फरक छ। डिम्पलले  १९७३ मा पहिलो पटक फिल्म बबीमा काम गरेकी थिइन् जसमा उनी ऋषि कपूरको  अपोजिट लीड रोलमा थिइन्।

रेखा

एवरग्रीन ब्यूटी रेखाको सुन्दरताको सबै कायल छन्। उनी जुन कार्यक्रममा जान्छिन्  उनलाई सबैले हेरेको हेरे गर्छन्। यो उमेरमा पनि उनी आफुलाई मेन्टेन गर्छिन्।

रिना  राय

रिना राय हिन्दी सिनेमा जगतको यस्ती अभिनेत्री हुन् जसले लीड एक्ट्रेस देखि आमासम्मको भूमिका निभाएकी छन्। यहाँसम्म कि एक समय उनि हाईएस्ट पेड एक्ट्रेसको  लिस्टमा थिइन् । रीना राय फिल्मबाट टाढा रहेको  २० वर्ष भईसकेको छ। उनको पहिलाको फिल्मी लुक र अहिलेको  लुक निकै छुट्टै छ ।

जया बच्चन

जया बच्चनले १९६३ सालमा  सत्यजीत रेको बंगाली फिल्म महानगरबाट  डेब्यू गरेकी थिइन्।  त्यस समय उनको उमेर मात्र १५ वर्षको थियो। आफ्नो चुलबुली व्यवहारले दर्शकको मन जित्न सफल जया बच्चन स्वभावमा गम्भीर थिइन्। उनले त्यस्तो भूमिका निभाइन जुन अभिनयले हिन्दी नायिकाहरु डराउथे।

जीनत अमान

जीनत अमान यस्तो नाम हो जसले सिधा साधा हिरोइनहरुको परिभाषा नै बदल दिइन्। पर्दामा  बोल्डनेस  अभिनयले दर्शकको मन जित्न सफल भएकी थिइन्।  जीनतको पहिलो फिल्म खासै चलेन भने   देव आनंदको  फिल्म दम मारो दममा उनको भूमिकालाई दर्शकले निकै मन पराए।  त्यसपछि उनले कहिल्यै  पनि पछाडी फर्किनु परेन।

प्रकाशित : आइतबार, साउन २६, २०७६०८:०७

‘म र मेरो स्व. पती बिचको प्रेमलाई ‘जोक’ बनाएको पाए’ भन्दै श्वेताले लेखिन सबैलाई भावुक बनाउने यस्तो स्टाटस!