‘म र मेरो स्व. पती बिचको प्रेमलाई ‘जोक’ बनाएको पाए’ भन्दै श्वेताले लेखिन सबैलाई भावुक बनाउने यस्तो स्टाटस!

काठमाडौँ, साउन २६ । अभिनेता तथा चलचित्र निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको शनिबार ५ वर्ष पुरा भएको छ । २०७१ साल साउन २५ गते निधन भएको श्रीकृष्णको नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन विवाह भएको थियो।

बिहे भएको छोटो समयमै आफ्ना पति गुमाएकी श्वेताले आइतबार दिउसो श्रीकृष्णसंगको एक तस्विरसहित  एक लामो स्टाटस लेखि सत्यतथ्य खोजतलास नगरि हचुवाको भरमा समाचार सम्प्रेशण गर्ने केहि मिडियालाई कडा प्रश्न गरेकी छिन् । साथै उनले आफ्नो पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलमले कसरी गर्न सक्छ भन्दै  चित्त दुखाएकी छिन् । हाल श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम पुगेकी श्वेताले लेखेको स्टाटस जस्ताको तस्तै:

“मैले के गुमाए र के पाएँ त्यसको  हिसाब-किताब  गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जती पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु । सबैभन्दा सर्वश्रेस्ठ कुरा मैले मेरो आत्मिय व्यक्ति  गुमाएको छु, जसको  भर्पाइ कुनै धन सम्पत्ती वा सफलताले गर्न सक्नेछैन ।

मेरा प्रेमी, पती, मित्र र अबिभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने ति व्यक्ति जसलाई मैले भौतिक रुपमा सदा-सदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झन  भन्दा पनि बिर्सन चाहन्छु, तर कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई सम्झाइदिने अनी खाटो बस्न लागेको घाउमा नुनचुक छरिदिने प्रयासहरु भईनै रहन्छन । श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँशुमा नै डुबेर बस्नु पर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु तर त्यो जमातलाई थाहा छैन, पिँडा दबाएर हाँस्न कती कठिन छ भनेर ।

उहाँले भौतिक रुपमा संसारबाट बिदालिएको त्यो दिनमा धार्मिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार (न की गते अनुसार ) कर्मकाण्डको बिधी पुरा गर्ने गरेका छौ । अत : यसपाली उहाँको ५ औ पुण्य तिथी आगामी २९ गते परेको छ, जनै पुर्णिमाको एक दिन अगाडि ।

आफ्नो आत्मिय मान्छेलाई सम्झन कुनै बिशेष अवसर या दिन चाहिदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु । धार्मिक रितिरिवाज र परम्परालाई आत्मसाथ गर्ने कुरा भने अलग रह्यो जसलाई  तिथी अनुसार नै कर्मकाण्ड गर्ने प्रचलन छ । तर वास्तविक कुरा नबुझी कसैको भावनामा ठेस लाग्ने खालका समाचार बनाएर सम्प्रेशण गरिनु कहाँ सम्मको जायज हो ?

च क्कु, खुकु री तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन । ह तियारको धारले शरीरमा चोट पुर्‍याउँछ जसको  उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिस्कमा चोट पुर्‍याउँछ, जस्को उपचार कठिन छ । कलमको माध्यमद्वारा शब्द कोरिरहँदा त्यो शब्दले कसलाई र कुन हदसम्म प्रहार गर्छ भनेर नसोच्नु कती सम्मको लापर्वाही होला ।  यसरी बुझ्दै नबुझी समाचार प्रकासित गर्दा कसको मनमा के चोट पर्छ भन्ने ख्याल नगर्नु र जसको बारेमा समाचार बनाएको हो त्यो व्यक्तिसंग कुनै किसिमको संवाद, छलफल वा सत्यतथ्य के हो त्यसको खोजतलास नगरि हचुवाको भरमा समाचार लेख्नुलाई कस्तो किसिमको पत्रकारिता भन्ने ? कसैको भावनासंग खेल्ने अधिकार कोही कसैलाई छैन ।

मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलमले कसरी गर्न सक्छ ? जो व्यक्ति आफ्नो मुटुमा बसेको हुन्छ त्यो व्यक्तिलाई चाहेर पनि भुल्न सकिदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्न नै ! मैले मेरा पतिबाट प्राप्त गरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्ने छैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनी निस्वार्थ छ ।

माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनी सिमा पनि हुँदैन । मेरा स्वर्गिय पती प्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ । मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन । अत: मेरो मुटुमा बाँचिरहेका, मेरो ओठमा हाँसिरहेका, मेरो हरेक पाइलाहरुमा छाया बनेर मसंगै हिंडिरहेका अनी मेरा हरेक सफलताहरुमा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदा-सदा जिवित रहनेछन ।

माया र प्रेमलाई औपचारिकताको माध्यमबाटै सबै सामु दर्शाउनु पर्छ भन्ने सोचलाई म कदापी मान्दिन । प्रेमका बनावटी शब्दहरु कोरेर कृतिम आत्मियता दर्शाउनेहरुले यदी श्रीदादालाई साँच्चिकै माया गर्छन् भने उनै दादाको नाममा बनिरहेको माझी बस्तीमा जाउन र आफुले सकेको सहयोग गरेर उहाँप्रती सच्चा श्रद्दान्जली दिउन । हैन भने मनगढन्ते कथा रचेर कसैको प्रेम, भावना र विश्वाश माथि खेल्ने अधिकार कोही कसैलाई पनि छैन । यतिखेर म मेरो स्वर्गिय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु तर मेरो अनुपस्थितिमा केही अनलाईन मिडिया मार्फत म र मेरो स्वर्गिय पती बिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाए।  कृपया यस्तो घिनलाग्दो खेल नखेलिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।”

प्रकाशित : आइतबार, साउन २६, २०७६०९:४८

‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित)