पीएसजीको सानदार जित, नेयमार टोलिमा परेनन् !

एजेन्सी – स्टार ब्राजिली फरवार्ड नेयमारविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ ।

साविकको विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे ।

खेलको २४औ मिनेटमा काभनीको पेनाल्टी गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । पाब्लो सारावियाको कर्नरमा पाब्लो मार्टिनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उरुग्वेवियन फरवार्ड काभनी चुकेनन् ।

५६औं मिनेटमा जुआज बर्नाटको पासमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा एन्जल डि मारियाले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ३–० को सानदार जित दिलाए ।

यो खेलमा पीएसजीका निर्देशक लियोनार्डाेले नेयमारलाई नखेलाउने निर्णय गरेका थिए । नेयमार गतसाता फ्रेन्च सुपरकप दौरान पनि बेन्चमै रहेका थिए ।

पछिल्लो समय क्लबसँग असन्तुष्ट रहेको नेयमार उचित प्रस्ताव आएको खण्डमा क्लब छाड्ने मनस्थितिमा छन् । उनलाई बार्सिलोना र रियाल म्याड्रिडले चासो देखाइरहेको छन् ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०३:५७

फेरी हार्यो रियल !