फेरी हार्यो रियल !

एजेन्सी – प्रि–सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्काे हार बेहोरेको छ ।

रियल घरेलु तथा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा घरेलु टोलीले बाजी मार्न सफल भयो ।

खेलको १६औं मिनेटमा कप्तान मार्सेलोको गोलबाट रियल खेलमा आघि बढेको थियो । ३४औं मिनेटमा डिएगो पेरोटीले बराबरी गोल फर्काए । ३९औं मिनेटमा क्यासमिरोले गोल गरेपछि रियाल पुन खेलमा २–१ ले अघि बढेको थियो । तर, त्यसको १ मिनेटपछि नै इडेन जेकोले बराबरी गोल फर्काएपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि थप गोल निस्कन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो । प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई चीन जाने प्रक्रिया रद्द भएपछि पहिलोपटक वैकल्पिक खेलाडीको रुपमा खेलाएपनि गोल गर्न असमर्थ रहे । उनले ६१ मिनेटसम्म मैदान बिताएका थिए । जिदान बेललाई क्लबमा राख्ने पक्षमा नरहँदा क्लबले बेललाई क्लबमै राख्ने योजनामा छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०४:१६

बार्सिलोनालाई फेरी चोटले सतायो, पुन: अर्का खेलाडी घाइते !