एजेन्सी – हेनले पासपोर्ट इन्डेक्सले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचि सार्वजनिक गरेको छ।
सन् २०१९ ६ महिना बितिसकेको अवस्थामा विश्वभरीका पासपोर्टको मूल्याकंनका आधारमा इन्डेक्सले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचि सार्वजनिक गरेको हो। यस सूची अन–अराइभल भिसा (देश पुगेपछि भिसा पाउने सुविधा) पाउने पासपोर्टको आधारमा तयार पर्ने गरिन्छ।
सूचिया अनुसार सबै भन्दा शक्तिशालि पासपोर्ट जापान र सिंगापुर को रहेका छन्। यी दुई देशको पासपोर्ट हुनेहरुले १८९ गन्तव्य पुग्न सक्छन्। दोस्रो स्थानमा फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया परेका छन्। यी ३ देशका पासपोर्ट हुनेहरुले १८६ देशमा अन–अराइभल भिसा पाउँछन्। यस्तै तेस्रोमा डेनमार्क, इटाली र लक्जमवर्ग परेका छन्। यी ३ देशका नागरिकहरुले पासपोर्ट मात्र बोकेर १८६ प्रवेश गर्न सक्छन्।
यता नेपाल भने सूचीबाट १०२ औं स्थानमा परेको छ। नेपालका नागरिकहरुले मात्र ३८ देशहरुमा अन–अराइभल भिसा पाउँछन्। सूचीको अन्तिम स्थानमा फेरी पनि अफगानिस्तान परेको छ। अफगानिस्तानका नागरिकहरुले मात्रै २५ देशमा अन–अराइभल भिसा पाउन सक्छन्।
सबै भन्दा शक्तिशालि पासपोर्टको सूची गरेक वर्ष हेन्ले एण्ड पार्टनर कम्पनिले सार्वजनिक गर्ने गरेको छ। यहि भएर यस सूचीलाई हेनले पासपोर्ट इन्डेक्स भन्ने गरिन्छ।
विश्वका प्रत्येक देशका पासपोर्टबाट कति धेरै स्थान भ्रमण गर्न सकिन्छ भन्ने मापन गरेर कम्पनिले हरेक वर्ष शक्तिशाली पासपोर्टको सूचि सार्वजनिक गर्ने गरेको छ।
विश्वको सबैभन्दा उत्कृष्ट पासपोर्ट भएका देशहरु निम्न छन्-
१.जापान, सिंगापुर (१८९ गन्तव्य) ; २.फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८६) ; ३.डेनमार्क, इटाली, लक्जर्मवर्ग (१८६) ; ४.फ्रान्स, स्पेन, स्वीडेन (१८५) ; ५.अष्ट्रिया, नेदरल्याण्ड, पोर्चुगल, स्वीजरल्याण्ड (१८४) ; ६.बेल्जियम, क्यानडा, ग्रिस, आयरल्याण्ड, नर्वे, बेलायत, अमेरिका (१८३) ; ७.माल्टा (१८२) ; ८.चेक गणतन्त्र (१८१) ; ९.अष्ट्रेलिया, आइसल्याण्ड, लुथानिया, न्यू जील्याण्ड (१८०) ; १०.लात्भिया, स्लोभाकिया, स्लोभानिया (१७९)
विश्वको सबैभन्दा कम्जोर पासपोर्ट भएका देशहरु निम्न छन्-
१०१.बंग्लादेश, इरिट्रिया, इरान, लेबनान, उत्तर कोरिया (३९ गन्तव्य) ; १०२.नेपाल (३८) ; १०३.लिविया, प्यालेप्टाइन भूभाग, सुडान(३७) ; १०४.यमन(३३) ; १०५.सोमालिया(३१) ; १०६.पाकिस्तान(३०) ; १०७.सिरिया(२९) ; १०८.इराक(२७) ; १०९.अफगानिस्तान(२५)