मुख्यमन्त्रीको जिद्दी – हेटौंडाबाहेक अन्यत्र राजधानी सार्न दिन्न, सोचे मात्रै पनि पाप लाग्छ

काठमाडौँ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी अन्यत्र सार्न नहुने धारणा व्यक्त गरेका छन्।

जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले प्रदेश राजधानी हेटौंडाबाट सार्न नहुने त्यसो गरे पाप लाग्ने बताएका हुन्।

मुख्यमन्त्री पौडेलले आफू प्रदेशको जिम्मेवारीमा रहेसम्म राजधानी अन्यत्र सार्न नहुने किसिमबाट अभिव्यक्ति दिँदै पौडेलले राजधानी बाहिर लैजाने कुरा सोचे मात्र पनि पाप लाग्ने बताए।

“यो प्रदेशको मुख्मन्त्री भएको समयमा मेरो घरको आँगनमा भएको राजधानी बाहिर कसैले लैजाने कुरा सोचे मात्र पाप लाग्छ।”, मूख्यमन्त्री पौडेलले भने।

सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडाबाहेक अन्यत्र राजधानीको सम्भावना नरहेको हुँदा अन्यत्र राजधानी सार्ने कल्पनासमेत नगर्न चेतावनी दिएका छन्।

प्रदेश ३को स्थायी राजधानीको टुंगो अहिले सम्म पनि लाग्न सकेको छैन। मकवानपुर जिल्लामा रहेर राजनीतिक गर्दै आएका पौडेलले आफ्नै क्षेत्रमा राजधानी कायम गर्नको लागि हर-सम्भव प्रयास गर्दै आएका छन्।

केहि दिन अगाडी मात्रै काठमाडाैंमा सम्पादकहरुसँगको छलफलमा राजधानी सिंहदरबारको छायाभन्दा पर नुवाकोट वा रामेछाप राखे फरक नपर्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित : सोमबार, साउन २७, २०७६१०:३४

“स्वर्गका देवता आएपनि नेपालमा राजतन्त्र फर्कन सक्दैन, जनप्रतिनिधि राजा होइनन्”