बुढेसकालमा कम्मर दुख्नु, शरीर दुख्नु जस्ता सामान्य मानिन्छ तर उमेर छदै कम्मर दुख्ने, गर्दन दुख्ने जस्तो समस्या आयो भने त्यसको बारेमा ध्यान दिन जरुरी रहेको छ ।
यदि तपाई पनि कम्मर दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने समस्या तपाईको खाट पनि हुनसक्छ । शरीर दुख्यो, गर्दन दुख्यो भने फाईबरमा नभई भुइँमा सुत्नु पर्दछ । शास्त्रमा भुइँमा सुत्नुको धेरै फाइदाहरु बताईएको छ । जमिनमा सुत्नले तनावबाट मुक्ति मिल्दछ । त्यति मात्र नभएर अन्य धेरै फाइदा पनि रहेका छन् ।
१) जमिनमा सुत्ने व्यक्तिको गर्धनसँगै शरीरको पछाडीको हड्डी पनि सिधा भईरहन्छ । जसको कारणले शरीरमा रगतको बहाव सहि तरिकाले भईरहन्छ र भोलिपल्ट फ्रेश महसुस पनि हुन्छ ।
२) जमिनमा सुत्ने बानिले कम्मर दुख्ने, गर्धन दुख्ने र नसा खुम्चिनाले मांसपेशिहरु दुख्ने जस्ता समस्याबाट मुक्ति मिल्नेछ । साथै हिप्स दुख्ने, पछाडीको मेरुदण्ड हड्डी दुख्ने जस्तो समस्या पनि हराउने गर्दछ ।
जुन व्यक्तिहरु गर्धन निहुराएर हिड्ने गर्छन उनीहरुलाई धेरैजसो गर्धनमा समस्या हुने गर्दछ । यस्तो समस्या भएका व्यक्तिहरु जमिनमा सुतेदेखि समस्याको समाधान हुन्छ ।