यी ५ तरिकाले बियरको प्रयोग गर्दा हुन्छ यस्ता फाइदै-फाइदा

काठमाडौँ, मदिराजन्य पदार्थ भएकाले बियरलाई हानीकारक पदार्थको रुपमा पनि लिने गरिन्छ । अत्याधिक सेवन गर्नु स्वास्थ्यको लागि हानीकार नै हुन्छ । हानीकारक पदार्थको रुपमा लिने गरेतापनि सहि तरिकाले प्रयोग गर्न सके सोचेभन्दा धेरै फाइदाहरु बियरबाट लिन सकिन्छ । विशेषत बियरलाई सौन्दर्यको लागि प्रयोग गर्ने गरिन्छ । हेरौ कसरी प्रयोग गर्ने त बियरलाई ?

१.यदि तपाई अनुहारको छाला नरम बनाउन चाहनुहुन्छ भने एक चम्चा बियरमा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउनुहोस् । केही समयपछि फेसवासले सफा गर्नुहोस् । यसो गर्र्नाले तपाईको अनुहारको छालमा छुट्टै किसिमको चमक देख्न सकिनेछ ।

२. के तपाई अनुहारमा दाग धब्बा भएर चिन्तित हुनुहुन्छ यदि त्यसो हो भने एक चम्चा टमाटरको रसमा बियर मिसाएर केही समय मसाज गर्नुहोस् । मसाज गरको ५ मिनेटपछि फेसवासले सफा गर्नुहोस् । यस्तो गर्नाले पनि अनुहारमा भएको दाग धब्बा हटाउन सकिन्छ ।

३. तपाई अनुहारको छाला डढ्छ भनेर घाममा निस्कन डराउनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् पाकेको मेवाको पेस्टमा वियर मिसाएर मसाज गर्नुहोस् जसले गर्दा यस्तो समस्या बाट मुक्त हुनुहुनेछ ।

४.फेस सफा गर्नको लािग पनि बियर उचित रहने गर्छ । एक हप्तासम्म बियरको प्रयोग गरेर अनुहार धुने गर्नुहोस् जसको परिणम तपाइले एक हप्तामा नै पाउनुहुनेछ । खासगरि राती सुत्नुभन्दा अगाडी बियरले फेस सफ गरेर नरम कपडाले पुछेर सुत्नु भएमा निकै फाइदा हुनेछ ।

५.कपाललाई सिल्की र बलियो बनाउनको लागि पनि बियर निकै लाभदायक रहेको छ । यदि तपाई कन्डिसन प्रयोग गर्नुहुन्छ भने तपाई बिल्कुलै गलत गर्दै हुनुहुन्छ । श्याम्पुले कपाललाई सफा गर्नुहोस् र धोएको कपाललाई बियरले मालिस गर्नुहोस् जसको करण कपाल बलियो हुनुको साथै बलियो र सिल्की हुनेछ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६११:००

नुन बढी हुँदा के हुन्छ, कम हुँदा के हुन्छ ?