‘नेयमार आउट’ भन्दै नाराबाजी !

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकाल्दै उपाधि रक्षा अभियान शुरु गरेको छ ।

यस्तोमा पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित निकालेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए ।

घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको शुरुवाती खेलमा टिममा राखेका थिएनन् । नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो । नेयमार स्पेनिस क्लब बार्सिलोना या रियाल म्याड्रिडमा जाने सम्भावना छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६११:०२

एकदिवसीय विश्वकप २०२३ छनोटको रोडम्याप सार्वजनिक ! यस्तो हुनेछ नेपालको बाटो…