एकदिवसीय विश्वकप २०२३ छनोटको रोडम्याप सार्वजनिक ! यस्तो हुनेछ नेपालको बाटो…

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि रोडम्याप सार्वजनिक गरेको छ ।

आईसीसीको पहिलो रोडम्याप अनुसार सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्स गरि कुल १३ देशबीच प्रतिस्पर्धा हुने छ । सन् २०२० मे देखी २ वर्ष सम्म चल्ने द्विपक्षीय सिरिजमा कुल १ सय ५६ ओडीआई खेल हुने छ । प्रत्येक टोलीले २४ ओडीआई खेल खेल्ने छन् ।

सन् २०२२ सम्म भारत बाहेक शीर्ष ७ मा रहने सुपर लिगका टोली सोझै विश्वकपमा पुग्ने छन् । अन्य पाँच टोलीले २०२२ मा हुने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । भारत घरेलु टोली भएको हुँदा स्वतः छनोट हुने छ । नेदरल्यान्ड्सले सन् २०१५– १७ को च्याम्पियनसिप लिग विजेता हुँदा सोझै सुपर लिग खेल्न पाएको आईसीसीले जनाएको छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ७ एसोसिएट सदस्य राष्ट्रबीच प्रतिस्पर्धा हुने छ । आईसीसीको वान डे वरीयतामा १४–२० सम्म रहेका नेपाल,ओमान,नामिविया,पप्पुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिकाबीच लिग अन्तर्गत २१ त्रिकोणात्मक सिरिज हुने छ । साढे दुई वर्ष सम्म चल्ने प्रतियोगितामा कुल १ सय २७ वान डे खेल हुनेछ ।

प्रत्यक राष्ट्रले होम र अवे गरिकुल ३६ ओडीआई खेल्ने छन् । जसमध्यका शीर्ष तीन टोली सन् २०२२ मा हुने आईसीसी विश्वकप क्वालिफायरको लागि छनोट हुने छन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले अफ खेल्ने छन् । जुन सन् २०२२ मै हुने छ । जुन १४ अगष्ट देखी २१ सम्म ओमान, स्कटल्यान्ड र पप्पुवा न्युगिनिबीच त्रिकोणात्मक सिरिज हुँदै यसको सुरुवात हुँदै छ । नेपालले पहिलो विश्वकप लिग २ अन्तर्गत आगमी माघमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्दै सुरुवात गर्ने छ ।

त्यस्तै अन्य १२ एसोसियट अर्थात वान डे मान्यता नपाएका देशलाई पनि विश्वकप खेल्ने मौका छ । ती देशबीच च्यालेन्जेज लिग खेल्ने छन् । जुन लिष्ट ए को मान्यता रहने छ । समुह ए मा क्यानडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर र भानुआटु रहेका छन् । त्यस्तै समुह बी मा बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा छन् । कुल ९० लिष्ट ए खेल हुने छ । एक टोलीले १५ खेल खेल्ने छन् ।

आगमी सेप्टेम्बर देखी सुरु हुने यस च्यालेन्जेज लिग साढे दुई वर्ष सम्म चल्ने छ । जसमा समुह ए र बी का विजेता टोली २०२२ मा हुने विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन् । जसमा आईसीसी विश्वकप लिग २ मा पुछारमा रहेका ४ टोलीसँग प्रतिस्पर्धा गनुपर्ने हुन्छ । त्यस्तै समुह ए र बी मा दोस्रो स्थानमा रहेका एक एक टोलीले च्यालेन्ज प्ले अफ खेल्न पाउने छन् । सुपर लिगबाट शीर्ष ७ टोली, घरेलु टोली भारत स्वत छनोट हुँदा विश्वकप छनोटबाट २ टोली गरि कुल १० देशले सन् २०२३ मा एक दिवसिय विश्वकप खेल्ने छन् ।

नेपालले खेल्ने विश्वकप लिग-२ को खेल तालिका:

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०३:५४

पिएसजी नहुँदा फरक पर्न-नपर्ने बारे बोले एमबाप्पे ! के भने ?