पिएसजी नहुँदा फरक पर्न-नपर्ने बारे बोले एमबाप्पे ! के भने ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टार नेयमारविना उस्तै हुन नसक्ने टोलीका अर्का फरवार्ड केलियन एमबाप्पेले बताएका छन् । सान्तोसका पूर्व स्टार नेयमार यो सिजन रियल म्याड्रिड वा बार्सिलोना जान सक्ने सम्भावना रहेका बीचमा एमबाप्पेको यस्तो भनाई सार्वजनिक भएको हो ।

यद्दपी, लिग १ को पहिलो खेलमा नेयमारविना पिएसजीले विजयी सुरुवात गरेको छ । दुई वर्षअघि नेयमार पिएसजी पुगेदेखि नै उनी क्लबसँग असन्तुष्ट रहँदै आएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

सायद, नेयमारको यस्तै व्यवहारका कारण होला क्लबका समर्थन उनको पक्षमा देखिदैनन् । उनीहरुले नेयमारकाविरुद्ध अभियाननै सुरु गरेका छन् । पहिलो खेलमा समर्थनहरुले नेयमारकाविरुद्ध ब्यानर नै प्रदर्शन गरे । जसमा लेखिएको थियो,‘ नेयमार गेट आउट।’

अघिल्लो सिजन भन्दा क्लबको प्रदर्शन यो पटक राम्रो हुन सक्छ त भन्ने प्रश्नमा एमबाप्पलेले राम्रोका लागि प्रयास गरिने बताएका छन् । तर उनले नेयमारको अवस्था के हुन्छ त्यसमा पनि क्लबको प्रदर्शन निर्भर गर्ने बताएका छन् ।

‘परिस्थिति के हुन्छ । हो हामी राम्रोका लागि कोशिस अवश्य गर्नेछौं,’ एमबाप्पले भने,‘ तर, हामी झुठो बोल्न चाहदैनौं । नेयमारका विष्यमा के हुन्छ । त्यसमा धेरै निर्भर गर्छ । नेयमार विना टोली उस्तै हुन सक्दैन । उनी हुनु र नहुनुमा फरक छ । तर हामी समर्थकका लागि राम्रो गर्ने प्रयास गर्नेछौं । ‘

नेयमारको यो सिजनको फैसलाका लागि अझै केहि दिन बाँकी रहेको छ । यो बीचमा उनलाई भित्राउनका लागि उनको पूर्व टोली बार्सिलोना र स्पेनकै अर्को सफल टोली रियलबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०७:१७

जोआओ फेलिक्सको उत्कृष्ट सुरुवात, मेस्सीलाई पनि पछि पारे