जोआओ फेलिक्सको उत्कृष्ट सुरुवात, मेस्सीलाई पनि पछि पारे

एजेन्सी – एटलेटिको म्याड्रिडमा यसै सिजन आबद्ध भएका युवा स्टार जोआओ फेलिक्सले क्लबसँग उत्कृष्ट सुरुवात गरेका छन् । उनको सुरुवाती रेकर्ड बार्सिलोना कप्तान लिओनेल मेस्सीको भन्दा राम्रो छ ।

एटलेटिको म्याड्रिडका लागि प्रि-सिजनका खेलमा २ सय ५० मिनेट खेलेका उनले हरेक ३६ मिनेटमा गोल वा असिस्ट प्रदान गरेका छन् । मेस्सीको तुलनामा पनि यो रेकर्ड धेरै राम्रो हो । मेस्सीले आफ्नो करिअरमा सबैभन्दा सफल २०११/१२ सिजनमा ७३ गोल र २९ असिस्ट गरेका थिए । यसक्रममा उनले ५,२२१ मिनेट खेल्दै प्रति गोल वा असिस्टका लागि ५१ मिनेट खर्चेका थिए । हाल फेलिक्सले प्रि-सिजनमा उक्त रेकर्डलाई पछि पारेका छन् ।

प्रि-सिजनमा युभेन्टसविरुद्ध जित दर्ता गरेपछि फेलिक्सले ४३ सिनियर खेल खेल्दै २० गोल र ११ असिस्ट प्रदान गरेका छन् । रोनाल्डोले आफ्नो सिनियर करिअर सुरु गरेपछि सुरुवाती ४३ खेलमा ६ गोल र ९ असिस्ट मात्र दिएका थिए । फेलिक्सले एटलेटिकोका लागि पहिलो गोल रियल म्याड्रिडविरुद्ध गरेका थिए । फेलिक्सले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २ असिस्ट समेत दिएपछि एटलेटिको ७-३ ले विजयी रहेको थियो ।

फेलिक्सले त्यसपछि एमएलएसको अल स्टार्स टोलीसँग ३-० को जितमा १ गोल र १ असिस्ट प्रदान गरे । युभेन्टसविरुद्ध २-१ को जितमा एटलेटिकोको लागि दुवै गोल फेलिक्सले नै गरेका थिए । प्रि-सिजनका खेलमा ४ गोल र ३ असिस्ट गरेका फेलिक्सले नयाँ सिजनका लागि आफू तयार रहेको संकेत दिएका छन् । एटलेटिकोले मोटो रकम खर्चेर फेलिक्सलाई भित्र्याएका कारण पनि उनीमाथि राम्रो प्रदर्शन गर्ने दबाब रहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०९:११

रियल र बार्सिलोनाको प्रस्ताव पीएसजीद्वारा अस्विकार, नेयमारको भविष्य अन्योलमा !