आज साउन २८ गते मंगलवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २८ गते मंगलवार इश्वी संवत २०१९ अगस्ट १३ तारिख, काठमाडौंमा सूर्योदय– ५: ३३   बजे, सूर्यास्त– १८:४२  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

बाध्यात्मक काममा जुट्नु पर्ने समय रहेको छ।  कार्यमा सफलता पाइने छ।  पारिवारिक वातावरण सुखमय रहनेछ।  नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  वाद विवादमा फस्ने सम्भावना रहेकाले केहि सजक हुनु पर्नेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

मुद्धा मामला तथा सरकारी कार्यमा सफलता मिल्नेछ।  व्यापार व्यवसायका लागि समय सामान्य रहेको छ। शारीरिक अस्वस्थताको अनुभूति हुनेछ। परिषर गरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ता बढ्ने छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ।  साथी भाईका साथमा रमणीय स्थलको यात्रा हुने सक्ने सम्भावना रहेको छ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  प्रतिष्पर्धीले अफ्ठ्यारोमा पर्नेछन।  कुनै पनि कार्यमा सफलता पाउनक लागि संघर्ष गर्नुपर्ने छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

आय आर्जनमा वृद्धि भएर जानेछ।  व्यापार व्यवसायका लागि पनि समय लाभदायक नै रहेको छ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ।  सुखद बैदेशिक यात्राको सम्भावना रहेको छ।  मान  प्रतिष्ठामा वृद्धि भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

आय आर्जनका नया स्रोतहरु खुलेर जानेछन।  पारिवारिक आवश्यकता परिपूर्ति गर्न सकिनेछ।  दिगो फाइदाको लागि लगानी बढाउने समय रहेको छ। सहकर्मीको साथ र सहयोग मनग्य प्राप्त हुनेछ।  आध्यात्मिक कार्यमा मन जानेछ। शत्रु परास्त भएर जानेछन।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। प्रतिभाको उचित कदर हुनेछ। मान्यजनको आशिर्वाद पाइने छ। सकेसम्म यात्रामा ननिस्कदा नै राम्रो हुनेछ।  सन्तान सुख मिल्ने छैन। आफ्नै कारणले गर्दा मान सम्मानमा आंच आउन सक्ला सावधान रहनु पर्नेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

सामाजिक तथा परोपकारी क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ।  प्रियपात्रसंगको भेटघाटले मन आनन्दित हुनेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ।  स्थावर सम्पतिमा हानी नोक्सानी हुन सक्नेछ।  अरुलाई प्रभावित गरेर नाम दाम र इनाम कमाउने समय रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

आफ्नै कमि कमजोरीले गर्दा अगाडी बढ्न सकिने छैन। दृढ आत्म बिश्वासको अभावमा महत्वपुर्ण काम हातबाट फुत्किने छ। दाजु भाईको सम्बन्धमा आपसी प्रगाढता बढ्नेछ। प्रतिष्पर्धामा विजय प्राप्त गर्ने समय रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ।  आध्यात्मिक सिद्धि प्राप्त गर्ने समय रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

प्रयत्न गर्दा मौकाको फाइदा उठाउन सकिनेछ। कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भएर जानेछ।  यात्रामा बिशेष फाइदा हुनेछ।  रमणीय यात्राको सम्भावना रहेको छ।  शत्रु र रोगबाट छुटकारा पाइने समय रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

आय आर्जनका नयाँ स्रोतहरु प्रसस्त खुलेर जानेछ।  मानसिक व्यग्रताको अनुभूति हुनेछ। धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ। घरमा मांगलिक कार्यको आयोजना हुने समय रहेको छ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ। प्रेम र मित्रताको बन्धन बाँधिने समय रहेको छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

सवारी साधनको उपभोग गर्दा बिशेष सावधानी अपनाउनु पर्नेछ। व्यवसायिक  यात्राको सम्भावना रहेको छ।  बाणी र व्यवहारमा संयमित रहनु पर्नेछ।  अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ। पारिवारिक वातावरण आनन्दमय रहने छ। समग्रमा कुम्भ राशी हुनेहरुका लागि आजको दिन सुखमय रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

इच्छा शक्तिमा वृद्धि हुनका साथै चिताएका काम सजिलै सम्पादन भएर जानेछ।  व्यापार व्यवसायमा वृद्धि भएर जानेछ।  वैदेशिक यात्राको सम्भावना रहेको छ।  आय आर्जनमा वृद्धि हुने समय रहेको छ।   ठुलाबडाको सहयोग र आशिर्वाद मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१३:०५

भोलि महिनाको अन्तिम बुधबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !