हाम्रो दैनिक जीवनमा वास्तुशास्त्रले हरेक कार्यहरुमा असर बनाई रहेको पाइन्छ। वास्तुशास्त्रको पालना गरि दैनिक जीवनमा धेरै फाइदा लिन सकिने वास्तुशास्त्रीहरु बताउछन।
वास्तुशास्त्रमा गोजीबाट पैसा झरेको धेरैनै शुभ मानिने गरिन्छ। वास्तुशास्त्रका अनुसार पैसा कुन अवस्थामा झरेको हो त्यस अनुसारको फल मिल्ने हुन्छ। यदी तपाईं घरबाट केहि कामको लागि बाहिर निस्किदै हुनुहुन्छ त्यस क्रममा गोजीबाट पैसा खसेमा कार्य सिद्धि भएर जाने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। पैसा खस्नुको पछाडी धेरै शुभ संकेत हुने वास्तुशास्त्र बताउछ।
यदी लेन देनको समयमा पैसा खसेमा तपाईको त्यस व्यक्तिसंगको कारोबारबाट भविस्यमा धेरै नै राम्रो मुनाफा हुने संकेत हो। कपडा फेर्दै गर्दा तपाईको गोजीबाट पैसा खसेको भेट्नु भयो भने तपाईको नउठेको धन उठ्ने संकेत हो। यसको अलावा तपाईलाई व्यापारमा आज धेरै मुनाफा हुने संकेत मान्न सकिन्छ।
यदि तपाई घर फर्किदै गर्दा खसको पैसा भेट्नु भयो भने यो सम्झनुस कि तपाईसंगै लक्ष्मी तपाईको घरमा प्रवेश मात्र नभई लक्ष्मीले वास गर्ने छिन्।