प्रचण्डपुत्र ‘प्रकाश’को नाममा विदेशी बैङ्कमा २१ अर्व भए प्रमाणित गर्न चुनौती ! [विज्ञप्ति]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत छोरा प्रकाश दाहालका नाममा अर्बौं लुकाएर राखेको भन्ने समाचार आएको प्रति ‘प्रचण्ड’ को सचिवालयले असन्तुष्टि जनाएको छ।

प्रचण्डको निजी शौचालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने समाचार गलत रहेको जनाउँदै त्यसलाई प्रमाणित गर्न चुनौति दिएको छ।

जनक्रान्तिका उपलब्धी ब्रिरुद्ध प्रतिगामी तत्वहरुबाट योजनावद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको प्रचण्ड निजी सचिवालयको दावी छ। क्रान्तिकारी धुवीकरणबाट अत्तालिएका प्रनिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्त्रप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीत र भ्रामक कृप्रचारमा लागेको ठहर गर्दै प्रचण्डको निजी सचिवालयले भर्त्सना र खण्डन गरेको छ।

“दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुवईको बैंकमा २१ अर्व रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुवई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको पडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।”,विज्ञप्तिमा भनिएको छ।

झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाही गर्न सरकारसँग सचिवालयले माग पनि गरेको छ।

“कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ । यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ।”,प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०४:५६

सन्दीप लामिछानेलाई झड्का : क्यारेबियन प्रिमियर लिगमा सामेल हुन अमेरिकाले रोक्यो !