सन्दीप लामिछानेलाई झड्का : क्यारेबियन प्रिमियर लिगमा सामेल हुन अमेरिकाले रोक्यो !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको छ।

मंगलबार बिहानै महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको हो। यस बारे सन्दिपले एक ट्वीट गर्दै जानकारी गराएका छन्।

सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुने तयारीमा थिए। तर विभिन्न कागजपत्र सहित दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको हो।

“आज म अमेरिकाको भिषाको लागि अमेरिकी दुतावास पुगेको थिएँ। राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसके छु, क्रिकेटरको भिषा अस्विकार भएपछि म आश्चर्यमा परें।”,ट्वीट गर्दै उनले भनेका छन्।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०५:३०

प्रहरीले जनै र टुप्पी…