काठमाडौँ – अर्घाखाँचीमा एक पुरुषले खु कु री प्रहार गरी तीनजनालाई गम्भीर घाइते बनाएका छन्।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा २७ वर्षीय चिरन घर्तीले सोमबार राति आफ्नै श्रीमती, सासू र सालोलाई घाइते बनाएका हुन्।
घाइते हुनेहरुमा श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार तीनै जनाको अवस्था गम्भीर छ।
घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयहरुका अनुसार चिरन र उनकी श्रीमती गीता बीच केहि वर्ष देखि नै विवाद रहेको थियो। श्रीमती माइतमै हुँदा त्यहाँ पुगेर चिरनले घटना घटाएको बताइएको छ।