सन्दिपलाई भिषा नदिइनु नेपालकै अपमान हो, देश सम्पन्न भएन भने यस्तै हुन्छ – रविन्द्र मिश्र

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको प्रति साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्।

मंगलबार सामाजिक संजाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै सन्दिपलाई भिषा दिन अस्विकार गरिनु सन्दिपको मात्र नभई पूरै नेपालको अपमान रहेको बताएका छन्।

देश सम्पन्न नभएसम्म यस्ता घटनाहरु दोहोरिरहने उनको बुझाइ छ। सन्दिप जस्तै कयौँ प्रतिश्ठित नेपालीहरुको भिषा अमेरिकी दुतावासले अस्विकृत गरिरहेको र त्यसले पूरै देशको अपमान भैरहेको मिश्रले उल्लेख गरेका छन्।

गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान बेहोर्नु पर्ने र सम्पन्न नभएसम्म यस्ता समस्या आइरहने उनको भनाइ छ। यस्तै मिश्रले भ्रष्टाचार घटाएर देश बचाउँदा यस्तै सम्पूर्ण समस्या ठिक हुने पनि सामाजिक संजाल मार्फत नै आह्वान गरेका छन्।

मिश्रले लेखेका छन् –

सन्दीप लामिछाने भिषा प्रकरण:
देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दिपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिषा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।

मंगलबार बिहानै महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको थियो।

सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुने तयारीमा थिए। तर विभिन्न कागजपत्र सहित दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको हो।

“आज म अमेरिकाको भिषाको लागि अमेरिकी दुतावास पुगेको थिएँ। राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसके छु, क्रिकेटरको भिषा अस्विकार भएपछि म आश्चर्यमा परें।”,ट्वीट गर्दै उनले भनेका थिए।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०७:३६

कुलमान आएपछि प्राधिकरण लगातार नाफामा : यस वर्ष पनि नाफा १४९ प्रतिशतले वृद्धि !