कुलमान आएपछि प्राधिकरण लगातार नाफामा : यस वर्ष पनि नाफा १४९ प्रतिशतले वृद्धि !

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष पनि नाफामा गएको छ। कुलमान घिसिङले नेतृत्व सम्हालेसँगै घटनामा रहेको प्राधिकरण लगातार तेस्रो वर्ष पनि नाफामा गएको हो।

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।प्रतिशतमा हिसाब गर्नुपर्दा प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ।

कुलमानको नेतृत्वमा लोडसेडिङ अन्त्य मात्र नभई प्राधिकरण नाफा तर्फ उन्मुख समेत भएको छ। लोडसेडिङ अन्त्य भैसकेको अवस्थामा प्राधिकरण अहिले विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित छ।

कुलमान घिसिङ प्राधिरकणको कार्यकारी निर्देशकमा २०७३ सालको भदौमा नियुक्त भएका थिए। वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिरकणलाई कुलमानले ११ महिना नबित्दै नाफा तर्फ उन्मुख गराएका थिए।

सोहि अवधिमा मात्रै प्राधिरकणले घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गरेको थियो। प्राधिकरणले २०७३/७४ आर्थिक वर्षमा पनि २ अर्ब ८५ करोड नाफा कमाएको थियो।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०८:१४

सर्वत्र आलोचना भएपछि अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलायो !