सर्वत्र आलोचना भएपछि अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलायो !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकी दुतावासले फेरि बोलाएको छ ।

महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपलाई भिषा दिन अस्विकार गरिएको प्रति सर्वत्र आलोचना भैरहेका बेला सन्दिपलाई पुन : बोलाइएको हो।

मंगलबार बिहानै महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको थियो।

सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुने तयारीमा थिए। तर विभिन्न कागजपत्र सहित दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको हो।

“आज म अमेरिकाको भिषाको लागि अमेरिकी दुतावास पुगेको थिएँ। राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसके छु, क्रिकेटरको भिषा अस्विकार भएपछि म आश्चर्यमा परें।”,ट्वीट गर्दै उनले भनेका थिए।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०८:१९

सन्दिपले भिषा पाए !