सन्दिपले भिषा पाए !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेलाई अन्ततः अमेरिकी दुतावासले भिषा दिएको छ। मंगलबार बिहान भिषा दिन अस्विकार गरी पुन: रि भ्युको लागि बोलाएको दुतावासले मंगलबार दिउँसो भिषा दिएको हो।

मंगलबार बिहानै महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको थियो। भिषा दिन अस्विकार गरेपछि आश्चर्य मान्दै सन्दिपले सामाजिक संजाल मार्फत दुखेसो पोखेका थिए।

सन्दिप २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागी हुने तयारीमा थिए। तर विभिन्न कागजपत्र सहित दुतावास पुगेका सन्दिपलाई भिषा दिन अमेरिकी दुतावासले अस्विकार गरेको हो।

 

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०८:५१

आफैले थापेको जाल मृत्युको कारण बन्यो : माछालाई थापेको जालमा आफै परेर दुई जनाको मृत्यु !