आफैले थापेको जाल मृत्युको कारण बन्यो : माछालाई थापेको जालमा आफै परेर दुई जनाको मृत्यु !

काठमाडौँ – माछालाई थापेको जालमा आफै परेपछि स्याङ्जामा दुई जनाको ज्यान गएको छ। स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा आफै परेपछि दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेहरुमा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेका छन्। प्रहरीका अनुसार दुवै जनाको सोमबार साँझनै मृत्यु भएको हो।

दुवैजना प्रायजसो माछालाई जाल हान्न जाने गरेको भएता पनि सोमबार आफैले थपेको जालमा परेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जालमा निरबहादुर अड्किएर डुबेको देखेपछि बचाउन गएका वीरबहादुर समेत अर्को जालमा अड्किएर डुबेको र भारी तथा उचाल्नसमेत नसकिने जालबाट निस्किन नसक्दा मृत्यु भएको बताइएको छ।

छुट्टै माछा मारिरहेका बमबहादुरले दुवै डुबेको देखेको र गाउँले बोलाएर दुवै जनाको उद्धार गरिएता पनि ज्यान बच्न नसकेको हो। मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ पठाइएको छ।

हाल प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ। मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक थिए ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०८:५६

घुस लिन “बा”ले पठाए, अख्तियारले पक्रियो : घुस नभई काम नगर्ने जनप्रतिनिधिका छोरा पक्राउ !