घुस लिन “बा”ले पठाए, अख्तियारले पक्रियो : घुस नभई काम नगर्ने जनप्रतिनिधिका छोरा पक्राउ !

काठमाडौँ – एक जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट घुसरकम सहित रंगेहात पक्राउ गरेको छ।

महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई एक लाख ६० हजार घुससहित अख्तियारले सोमबार पक्राउ गरेको हो।

उनलाई जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै पक्राउ गरिएको बताइएको छ। उपभोक्ता समितिका पदाधिकारीसँग एक लाख ६० हजार घुस लिँदा-लिँदै उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष मो रफिक आलम र वडा सदस्य कारी साहले घुस मागेका थिए। सोहि घुस रकम लिन उनीहरुले मुकेशलाई पठाएका थिए।

घुस रकम सहित मुकेश पक्राउ परेपछि वडाध्यक्ष आलम र वडा सदस्य कारी फरार भएका छन्। हाल सम्पर्कबिहिन भएका उनीहरुको खोजि भैरहेको छ।

पक्राउ परेका मुकेशलाई अख्तियारले बर्दिबास कार्यालय पुर्याएको छ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०९:२०

“६२-६३ को आन्दोलनले गणतन्त्र माग गरेको थिएन, गणतन्त्रले भ्रष्टाचार र बेथिति गाउँ-गाउँ पुर्यायो”