भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टार श्रीदेवीको आज जन्मदिन हो । श्रीदेवी अहिले यस दुनियामा छैनन् तर लाखौँ करोडौँले उनलाई याद गर्छन्। उनको जन्मदिनमा छोरी जाह्नवीले सोशल मीडियामा एक एक तस्वीर शेयर गरेर आमा श्रीदेवीलाई याद गरेकी छिन् । जाह्नवीको लागि आजको दिन निकै इमोशनल रहेको छ। यो उनको पोस्टबाट थाहा पाउन सकिन्छ । जाह्नवीले तस्वीरको साथ क्याप्शनमा लेखेकी छिन् ,”ह्यापी बर्थ डे आमा , आई लव यू।’ श्रीदेवीले आफ्नो छोरीलाई पनि सुपरस्टार बनाउने सपना देखेकी थिइन्। तर जाह्नवीको डेब्यू फिल्मभन्दा पहिला नै उनको निधन भएको थियो ।
श्रीदेवीले आफनो करियरको सुरुवात ४ वर्षको उमेरदेखि नै गरेकी थिइन्। १९७६ साल देखि १९८२ सालको बीच उनले कैयौँ तमिल र तेलुगु फिल्ममा काम गरिन्, जुनमा उनले धेरै फिल्म रजनीकांत, कमल हासन जस्ता अभिनेतासँग काम गरिन्। बलिउडमा श्रीदेवी यस्ती अभिनेत्री हुन् जसले चुनौतीपूर्ण अभिनयहरु गरिन्।
जाह्नवी कपूरको कुरा गर्दा उनले फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्मपछि उनको अफेयरको हल्ला चलेको थियो। अफेयरको खबरलाई लिएर ईशान र जाह्नवीले त केहि भनेका छैनन् तर बोनी कपूरले यसबारे बोलका छन्,” हो जाह्नवी र ईशानले एक साथ फिल्म गरेका छन् र पहिले देखि नै यी दुई साथी थिए। म दुवैको मित्रताको इज्जत गर्छु। “
जाह्नवी अहिले फिल्म रूही आफजाको शूटिंग गरिरहेकी छन्। यो बाहेक उनी गुंजन सक्सेनाको बायोपिक पनि काम गर्नेछिन्। साथै दोस्ताना २ मा पनि उनको इन्ट्री भईसकेको छ। फिल्ममा कार्तिक आर्यन पनि रहेका छन्।