छोरी जन्मेको भन्दै छाडेर भाग्ने श्रीमानलाई श्रीमती र नाबालक छोरी जिम्मा लगाइयो !

खलङ्गा – छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ ।

जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै रेडियो नारी आवाजमा पुगेकी थिइन् ।

श्रीमान्ले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो ।

आपत्कालीन रुपमा उहाँलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको ( अवजरवेसन) कोठामा राखिएको थियो । पुतलीको आश्रयनै नभएपछि विशेष हेरचाहसहित निःशुल्करुपमा राखिएको थियो । श्रीमान्ले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पुर्याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिए ।

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन यही साउन ७ गते सदरमुकाम आउनुभएको र साउन १३ गते बच्चा जन्मेको थियो । श्रीमान्ले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए । उनका  तीन छोरा र तीन छोरी छन् ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१२:३४

“तपाईँको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको त्यहि भन्नु हुन्थ्यो ?” – गृहमन्त्रीलाई प्रश्न