“तपाईँको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको त्यहि भन्नु हुन्थ्यो ?” – गृहमन्त्रीलाई प्रश्न

काठमाडौँ – निर्मला पन्त प्रकरणलाई जोडेर गृहमन्त्री राम बहादुर थापाले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाएका छन्।

केहि दिन अगाडी गृहमन्त्रीले ‘निर्मला प्रकरण हिजो पनि भएका थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्दै दिएको अभिव्यक्ति प्रति कँडेलले प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै आपत्ति जनाएका हुन्।

गृहमन्त्रीले निर्माण प्रकरणलाई हल्का रुपमा लिएको कँडेलले आरोप लगाएका छन्। निर्मला पन्त जस्तै घटना गृहमन्त्रीको परिवारमा घटेको भए के हुन्थ्यो भन्ने उनले प्रश्न राखे।

“के तपाईँको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको भए त्यही अभिव्यक्ति हुने थियो ?”,उनले प्रश्न गरे।

यस्तै उनले निर्मला पन्त प्रकरणलाई विक्रम संवत २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता प्रकरणसँग तुलना समेत गरेका छन्। विगतमा श्रीपेचको आडमा र अहिले बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट घटना भएको उनले आरोप लगाए।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:२७

घरको पछाडि लगेर घाँटी थिची आफ्नै श्रीमतीको ज्यान लिने श्रीमान फरार