घरको पछाडि लगेर घाँटी थिची आफ्नै श्रीमतीको ज्यान लिने श्रीमान फरार

सांकेतिक तस्विर

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार ज्यान लिएका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको ज्यान लिएको गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर ज्यान लिएको स्थानीयवासी हरिनारायण यादवले बताए।

घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

घटनामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना बारे  सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०३:१६

संघीयताबारे प्रचण्डलाई बाबुरामको कडा जवाफ- जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ भन्ने था छैन ?