यी हुन् दुनियाँका अनौठा पुल : जुन देख्दा एक पलको लागि थामिन्छ सास, कोही त डरले काँप्छन् थरथर

काठमाडौँ : संसार जति विशाल छ त्यति नै अनौठो र आश्चर्यचकित पार्ने चीजहरुले भरिएको छ। देश-दुनियाँमा पुलहरु अनगिन्ती निर्मित छन्। तर केही पुलहरु यति सुन्दर ढंगले बनाईएको हुन्छ कि जुन देखेर हेर्ने मानिसको सास रोकिन्छ र रोकिनै रहन्छ।

गोल्डेन ब्रिज, भियतनाम : भियतनाममा एक यस्तो अद्भुत पुल छ जसले संसारभरका मानिसहरुलाई आफूतर्फ आकर्षित गर्छ। यस पुलको बनावट यति शानदार छ कि पुल देख्ने मानिसको सास एक पलको लागि अवश्यै रोकिन्छ। यस पुललाई झट्ट हेर्दा मात्र दुई बडेमानका हातले थामिएको जस्तो देखिन्छ। तर वास्तवमा यसलाई थुप्रै पिलरहरुले अड्याईएको छ। यो पुल समुन्द्र सतहबाट लगभग १,४०० मिटरको उचाईमा रहेको छ। यस पुलको लम्बाई करिब १५० मिटर रहेको छ।

ल्याङकावी स्काई ब्रिज, मलेसिया : ल्याङकावी स्काई ब्रिजलाई अत्यन्तै खतरानक मानिन्छ। यो पुल पहाडको माथि बनाईएको छ र यसको चौडाई ६ फिट रहेको छ। यो पुल समुन्द्र सतहबाट लगभग २,३०० फिटको उचाईमा बनाईएको छ। यस पुलबाट मलेसियाको सुन्दर दृश्य देख्न सकिन्छ, जसले जोसुकैको पनि मनलाई मोहित पार्न सक्छ। यो पुल सिर्फ पैदल यात्रा गर्नको लागि हो।

लिभिङ रुट ब्रिज, भारत : भारतको उत्तर-पूर्व स्थित प्रान्त मेघालयमा रहेको लिभिङ रुट ब्रिज प्रकृतिको एक सुन्दर दृश्य हो। यस पुलको खास भनेको हो कि यो पुल फिकस इलास्टिका ट्री नामको रुखको जराबाट बनेको हो। यस रुखको जरा अत्यन्तै लचकदार र मजबूत हुन्छ, जसले एकै पटक ५० भन्दा बढी मानिसहरुका वजन उठाउन सक्छ। रूख बढ्दै जाँदा यसको जरा अझ मजबूत हुँदै जान्छ। रुखको जराबाट बनेका यी पुलका आयु लगभग ५०० वर्ष हुन्छ। स्थानीय आफ्नो आवश्यकता अनुसार यस रुखको जरालाई दिशा दिन्छ र त्यसै दिशामा यो बढ्छ।

विन्ड एन्ड रेन ब्रिज, चीन : विन्ड एन्ड रेन ब्रिज चीन बसोबास गर्ने डोङ जातिका मानिसहरुका अनौठो वास्तुकलाको रूपमा चिनिन्छ। यसको पिलर ढुंगाले बनेको छ, यसको माथिल्लो भाग काठले बनेका छन् भने छाना टायलले ढाकिएका छन्। माथि ढाकिएको कारण यस पुलले खराब मौसममा वर्षा र वायुबाट सुरक्षित राख्छ। यसैको आधारमा डोङ जातिका मानिसहरुले यसलाई विन्ड एन्ड रेन ब्रिजको नाम दिएका हुन्। यस पुलको लम्बाई लगभग ६४.४ मिटर र चौडाई ३.४ मिटर रहेको छ। यस पुलको उचाई १०.६ मिटर रहेको छ। चीनका चर्चित लेखक गुवा मोरुओ(Guo Moruo) ले पहिलो पटक यो पुललाई देख्दा अत्यन्तै मन पराए र उनले एक कविता लेखेका छन्।

हेलिक्स ब्रिज, सिङ्गापुर : सिङ्गापुर स्थित हेलिक्स ब्रिजको डिजाइन डिएनएबाट प्रेरित हो। यो पुल नदी माथि बनाईएको छ। रातको समयमा रंगी-बिरंगी प्रकाशको रोशनीले चम्किदा यो पुल निकै सुन्दर र आकर्षक देखिन्छ। यो पुल पैदल यात्राको लागि मात्र हो।

सिदु रिभर ब्रिज(सिदुहे ब्रिज), चीन : चीनको सिदु रिभर ब्रिज दुनियाँकै सबैभन्दा बढी उचाईमा रहेको पुल मध्ये एक हो। यो जमिनबाट ४६० मिटरको उचाईमा रहेको छ। शंघाई र चेंदु जोड्ने यो पुल १३०० मिटर लामो छ।

चीनको झाङजियाजी पहाडमा सिसाबाट बनाईएको यो पुल सबैभन्दा अग्लो पुलहरुमध्ये एक हो। यस १०० मिटर लामो पुलको वरिपरी केवल खतरनाक पहाडहरु छन्। सिसाबाट तल हेर्नुभएमा आफूलाई ३०० मिटर माथि पाउनुहुनेछ। कमजोर दिलका मानिसहरुले तल नहेर्नु नै उचित हुनेछ।

एशिमा ओहसी ब्रिज, जापान : जापानको एशिमा ओहसी ब्रिजले मेत्स्यु(Matsue) र सकाईमिनाटो(Sakaiminato) नामका दुई शहरलाई जोड्छ। यस पुलको खास र खतरानक कुरा भनेको यसको ढलान हो। नाकाउमी झिल नजिक यस पुलको मुनिबाट पानीजहाज पनि चल्न सक्छन्।

रोयल जर्ज सस्पेन्सन ब्रिज, कोलाराडो, संयुक्त राज्य अमेरिका : यो अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज हो, जुन १०५३ फिट उचाईमा अवस्थित छ। एजेन्सी

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:३६

नजन्मँदै मृत्युलाई जितेको बालक : गर्भनिरोधक कपर टि हातमा लिएर बच्चा जन्मिएपछि विश्व चकित !