एजेन्सी – पहिला टेलिभिजनमा काम गरेर बलिउडमा चान्स पाएका कलाकारहरु धेरै छन्। टेलिभिजन फेमकै कारण धेरै कलाकारहरु बलिउडमा स्थापित भएका छन्।
यसै कारणले गर्दा केहि कलाकारहरु टेलिभिजनलाई बलिउडको जग समेत मान्छन्। तर टेलिभिजनको फेम र बलिउड फेम बीच ठूलै अन्तर रहने गरेको छ।
टेलिभिजन स्टारको तुलनामा बलिउड स्टारहरूको स्टारडम धेरै हुने बताउने गरिन्छ। टेलिभिजनबाट बलिउडमा प्रवेश गर्ने बितिकै केहि कलाकारको भने रवाफ समेत बदलिने गरेको छ।
जीवनशैली, कमाइ, स्टारडम सम्पूर्णमा परिवर्तन भएपछि केहि कलाकारले आफ्नो प्रेमलाई समेत लत्याएका छन्। बलिउडमा काम पाउने बितिकै आफ्ना प्रेमी-प्रेमिकालाई छाड्ने कलाकार निम्न छन्।
सुशान्त सिंह राजपूत
टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’ बाट सुशान्तले धेरै प्रसंशा बटुले। त्यस समयमा उनले दर्शकको राम्रै साथ पनि पाए। रिपोर्टहरुमा अनुसार त्यस समयमा सुशान्त अंकिता लोखंडेलाई डेट गरिरहेका थिए। ‘काई पो चे’ फिल्ममा मौका पाउने बितिकै यी दुईको सम्बन्ध बिग्रिन शुरु भयो। अन्त्यमा सुशान्तले ६ वर्षको लिव इन रिलेशनशिपको अन्त्य गरे।
मोनी रोय
‘नागिन’ सीरियलबाट चर्चामा आएकी मोनी रोय बलिउडकी आगामी चर्चित नायिका बन्ने तरखरमा छिन्। अक्षय कुमार अभिनित चलचित्र ‘गोल्ड’ बाट मोनीले बलिउडमा इन्ट्री मारेकी हुन्। मोनी जोन अब्राहमसंग ‘र’, राजकुमार रावसंग ‘मेड इन चाइना’ र रणबीर आलियासंग ‘ब्रह्मास्त्र लगायतका चलचित्रमा देखा पर्दै छिन्। बलिउडमा डेब्यु अगाडी मोनी ‘देवो के देव महादेव’ सीरियलका लीड एक्टर मोहित रैनालाई डेट गरिरहेकी थिइन्। तर अहिले यी दुई छुटिसकेका छन्।
करण सिंह ग्रोवर
‘दिल मिल गए’ जस्ता सीरियलमा काम गरिसकेका करणले बिपाशा बासुसंग दोस्रो विवाह गरेका हुन्। बलिउडमा काम पानुभन्दा अगाडी कारण जेनिफर विंगेटसंग वैवाहिक सम्बन्धमा थिए। तर बलिउडमा डेब्यु पश्चात जेनिफरसंग उनको सम्बन्ध खासै राम्रो हुन सकेन र उनीसंग सम्बन्ध विच्छेद गरे।