यी ४ नायकका थिए परस्त्रीसँग सम्बन्ध, श्रीमतीले चेतावनी दिएपछि मात्रै सुध्रिएको थियो मति

अक्षय कुमार

विवाह गर्नु अगाडी धेरै नायिकाहरुसंग अक्षय कुमारको नाम जोडिन्थ्यो। शिल्पा शेट्टी, रवीना टंडन देखि रेखा सम्म अक्षयको नाम जोडियो। तर ट्विंकल खन्नासंग विवाह गरेपछि भने उनका खासै अफेयर बाहिर आएनन्। तर एक पटक अक्षय र प्रियंकाको प्रेम बारे बलिउडमा राम्रै हल्ला चल्यो। यी दुई बीचको अफेयर बारे चाल पाएपछि ट्विंकलले अक्षयलाई अन्तिम चेतावनी दिइन्। चेतावनी मात्र नभई अक्षयलाई उनले अन्तिम मौका समेत दिएकी थिइन्। त्यस घटना यता अक्षयको नाम कुनै पनि नायिकासंग जोडिएको छैन।

गोविंदा

रानी मुखर्जीसँग गोविंदाले धेरै चलचित्रमा काम गरेका छन्। यी दुईको जोडीलाई दर्शकहरुले पनि मन पराए। वास्तविक जीवनमा समेत यी दुई प्रेम समबन्धमा रहेको बारे बलिउडमा हल्ला चल्यो। जसकारण गोविंदा श्रीमती सुनीतासंग माफी माग्न बाध्य भए। सुनीताले पनि अन्तिम मौका दिंदै उनलाई माफी दिइन्।

अजय देवगन

विवाहित भएर पनि अजय चलचित्र ” वान्स अपन अ टाइम इन मुम्बई” को शुटिंगको क्रममा नायिका कंगना रनावतसंग नजिकिए। यी दुई नजिकिएको बारे काजोलले चाल पाइन्। काजोलले चेतावनी दिएपछि अजयले कंगनासंगको सम्बन्ध तोडेका थिए। त्यस यता उनी अन्य नायिकाहरुसंग खासै नजिकिने गर्दैनन्।

शाहरुख खान

शाहरुख खान पत्नी गौरीलाई धेरै माया गर्छन्। तर शाहरुख विवाहित भएर पनि एक समयमा प्रियंका चोपडासंग नजिकिएका थिए। यी दुईको प्रेम गौरीसंग छिप्न सकेन। गौरीले चेतावनी दिएपछि शाहरुख प्रियंकासंग टाढिएका थिए। त्यसयता उनको नाम कुनै पनि नायिकासंग जोडिएको छैन।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:५५

ज्यादै सुन्दर र बोल्ड छन् यी आईपीएल स्टारका श्रीमतीहरु, सुन्दरताले धेरै हुन् सक्छन् अचम्म !