अस्ट्रियाको एथलीट जोसेफ कोएबर्लले शनिबार २ घन्टा, ८ मिनेट र ४७ सेकेन्ड आइस क्यूब्सको बक्समा बसेर वर्ल्ड रेकर्ड बनाएका थिए । यसैक्रममा उनले मात्र स्विम सूट लगाएका थिए। जोसेफभन्दा पहिला २०१४ मा चाइनीज एथलीट जिन सोंगहाओको नाममा यो रेकर्ड थियो जसले ५३ मिनेट, १० सेकेन्डसम्म बरफमा बसेर रेकर्ड बनाएका थिए।
जोसेफले रेकर्ड बनाउनको लागि विएनाको मेन स्टेशनलाई चुने, जहाँ आइस क्यूब्सले भरेको पारदर्शी बक्समा बसे। उनको घाटी सम्म आइस क्यूब्स थियो । यो दुई घन्टामा डाक्टरको एक टीमले उनको बडी तापक्रम चेक गरे र रेकर्ड पुरा भएपछि पनि उनको पुरै चेकअप गरे । रेकर्ड बनाएपछि उनले भने ,” मलाई थाहा छ कि म अझै समयसम्म बरफमा बस्न सक्थे तर मलाई त्यसको जरुरी थिएन। त्यसैले म दुई घन्टापछि बाहिर आए। अब म आफ्नो रेकर्ड टुट्नेसम्म पर्खन्छु। “
जोसेफ त रेकर्ड बनाएर निकै खुशी थिए तर केहि मान्छेलाई यो मन परेन। एक युवकले भने, यो निकै बेवकुफीपना काम हो। कोहि पागल र बेवकूफले नै वर्ल्ड रेकर्ड बनाउन बर्फको बक्समा दुई घन्टा बस्छ। यस्तो पहिलो पटक हैन जोसेफ बर्फमा बसेको। उनी एक टिभी शोमा एक च्यालेन्जको लागि एक घन्टा बर्फमा बसेका थिए। त्यो च्यालेन्ज सफल भएपछि उनलाई वर्ल्ड रेकर्ड बनाउने ख्याल आयो।