भोकले तड्पिएको सर्पले आफैलाई खान थाल्यो, आफ्नै आधा शरीर निलिसकेपछि यस्तो भयो [भिडियो]

एजेन्सी – एक सर्पले अर्को सर्पलाई खाएको देख्नु र सुन्नु त भएकै होला। तर सर्पले आफैलाई खाएको कतै देख्नु र सुन्नु भएको छ ? सायद छैन हो।

तर सामाजिक संजालमा अहिले एक भिडियो भाइरल भएको छ, जसमा एक सर्पले आफैंलाई खाइरहेको देखिएको छ। भिडियोमा भोक तड्पिरहेको एक सर्पले आफैलाई निल्ने कोशिस गरिरहेको देखिएको छ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो अमेरिकाको पेन्सल्भेनियाको हो। फरगटन फ्रेन्ड रेप्टाइल सेन्चुरीका जेसी रोटरेकरले फेसबुकमा शेयर गरेको एक भिडियोमा यस दृश्य देखिएको हो।

भिडियोमा एक सर्पले आफ्नै आधा शरीर निलेको देख्न सकिन्छ। रोथेकरले सर्पको नाकमा थपथपाएर बिस्तारै आफैंलाई खाँदै गरेको सर्पलाई निलेको भाग ओकल्न लगाएको पनि भिडियोमै देखिन्छ।

रोथेकरका अनुसार किंग स्नेक भोक लागेपछि की अरु सर्पलाई खान्छन्, की आफैलाई। आफ्नो पुच्छरलाई अर्को सर्प सम्झिएर किंग स्नेकहरुले आफैलाई खाने गरेको रोथेकरको भनाई छ।

आफैलाई खाने क्रममा यस सर्पले कहिले काहीं आफैलाई मार्ने समेत गरेको रोथेकर बताउँछन्।

सामाजिक संजालमा अहिले यस भिडियो भाइरल नै भएको छ। सर्पले आफैलाई निलेको देखेर सामाजिक संजालमा धेरैले चकित हुँदै टिप्पणी गरेका छन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६११:१९

भोको अजिङ्गरले जिउँदो गोहीलाई सिङ्गै यसरी निल्यो ! हेर्नुस् दुर्लभ दृश्य…