भोको अजिङ्गरले जिउँदो गोहीलाई सिङ्गै यसरी निल्यो ! हेर्नुस् दुर्लभ दृश्य…

एजेन्सी – सामाजिक संजालमा एक अजिङ्गरले सिङ्गै गोहीलाई खाँदै गरेको तस्विरहरु देखा परेको छ।

तस्विरमा सिङ्गै गोहीलाई अजिङ्गरले खाँदै गरेको देखिएको छ। प्राप्त जानकारी अनुसार तस्विरहरु अस्ट्रेलियाका रहेका छन्। तस्विर सामाजिक संजालमा जीजी वाइल्ड लाइफ रेस्क्यूले सार्वजनिक गरेको हो।

“ओस्ट्रेलिया को दोश्रो र पश्चिमी अष्ट्रेलिया को सबैभन्दा लामो सर्प र अष्ट्रेलिया मिठो पानिमामा बस्ने गोहीको शानदार तस्वीरहरु कैद भएका छन्।”,वाइल्ड लाइफ सामाजिक संजालमा तस्विर शेयर गर्दै लेख्छ,”यी तस्विरहरु मार्टिन मुलरले आफ्नै क्यामराबाट खिचेका थिए।”

वाइल्ड लाइफका अनुसार अजिङ्गर आफ्नो तल्लो चिउँडोको कारण आफ्नो मुख धेरै ठूलो बनाउन सक्छ। यहि कारणले गर्दा गोही, घडियाल, हरिण र मानिस जस्ता ठूला-ठूला जीवहरुलाई पनि अजिङ्गर सजिलै निल्न सक्छ।

अस्ट्रेलियामा १३ फिट सम्म लम्बाई भएका अजिङ्गरहरु पाइन्छन्।

तस्विर – जीजी वाइल्ड लाइफ रेस्क्यू

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:४१

समुन्द्रमा हाम फाल्नु अगाडी समलैंगिकको स्ट्याटस – भगवानसँग सोध्नेछु मलाई किन यस्तो बनायौ