बढ्यो अमेरिकी डलरको मूल्य ? अन्य देशको पनि ह्वातै बढ्यो ! हेर्नुहोस् आजको विनियम दर !

काठमाडौँ – केहि समय देखि उकालो लाग्न थालेको अमेरिकी डलरको मूल्य बुधबार मात्रै ९६ पैसाले बढेको छ। अमेरिकी डलर पछिल्लो केहि हप्ता देखि निरन्तर उकालो लाग्ने क्रममा छ।

दुई सातामा अमेरिकी डलरको मूल्य ४ रुपैयाँ १८ पैसाले बढेको छ। एक साताअघि एकै दिन अमेरिकी डलर मूल्य १ रुपैयाँ ८५ पैसाले बृद्धि भएको थियो।

अमेरिका-चिन ब्यापार युद्धका कारण बिस्तारै उकालो लाग्न थालेको डलरको भाउ जम्मु कस्मिर प्रकरण पछि भारु कमजोर हुँदै गएपछि डलरको भाउ एक्कासी बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १४ रुपैयाँ ५५ पैसा रहेको छ ।

बुधबार अन्य देशका मुद्राको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि टोकेको विनिमयदर निम्न छ।

-साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ३८ पैसा र विक्रिदर ३० रुपैयाँ ५४ पैसा

– कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र विक्रिदर ३१ रुपैयाँ ४६ पैसा

– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र विक्रिदर ३१ रुपैयाँ १९ पैसा

– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र विक्रिदर २७ रुपैयाँ २९

– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र विक्रिदर ९ रुपैयाँ ३७ पैसा

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ७४  रुपैयाँ ७७ पैसा  विक्रिदर ३ सय ७६ रुपैयाँ ७४ पैसा

– एक बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ २५ पैसा र विक्रिदर ३ सय ०३ रुपैयाँ ८४

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

हेर्नुस् अन्य देशको विनिमय दर यसप्रकार छ:

श्रोत : नेपाल राष्ट्र बैंक

प्रकाशित : बुधबार, साउन २९, २०७६०४:३८

खुसीको खबर, घट्यो सुनको मुल्य!