खुसीको खबर, घट्यो सुनको मुल्य!

काठमाडौँ , साउन २९ । आज  बुधबार भने सुनको मुल्य घटेको छ ।  गत साताको आइतबार यता  लगातार बढेको सुनको मुल्य आज तोलामा ७ सय रुपैयाले घटेको छ ।

मंगलबार   प्रतितोला ७१ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज ७० हजार ३ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ७०  हजार  रुपैयामा कायम रहेको छ । तिज नजिकिदै  गए पनि  सुनको सोचेभन्दा महँगो भएपछि सुन किन्ने  भन्दा बेच्ने ग्राहक बढेको सुन पसलले बताएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५  रुपैयाले घटेको छ। मंगलबार तोलामा ८ सय ३५ रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज तोलामा ८ सय २०  रुपैयामा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०५:३६

फेरी ह्वातै बढ्यो सुनको मुल्य, आजको भाउ अहिलेसम्मकै महँगो!