फेरी ह्वातै बढ्यो सुनको मुल्य, आजको भाउ अहिलेसम्मकै महँगो!

काठमाडौँ , साउन ३०  । आज  बिहिबार फेरी सुनको मुल्य बढेको छ ।  गत साताको आइतबार यता  लगातार बढेको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैयाले घटेको थियो। तर आज फेरी तोलामा एक्कासी १२ सय रुपैयाले बढेको छ।

बुधबार प्रतितोला ७०  हजार ३ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज ७१ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ७१   हजार २  रुपैयामा कायम रहेको छ । तिज नजिकिदै  गए पनि  सुनको सोचेभन्दा महँगो भएपछि सुन किन्ने  भन्दा बेच्ने ग्राहक बढेको सुन पसलले बताएको छ । आजको सुनको भाउ अहिलेसम्मकै महँगो हो।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले घटेको छ। बुधबार  तोलामा ८ सय २०  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज तोलामा ८ सय ४०  रुपैयामा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०६:४८

खुसीको खबर, घट्यो सुनचाँदीको भाउ!