खुसीको खबर, घट्यो सुनचाँदीको भाउ!

काठमाडौँ, पुष २२ । नेपाली बजारमा मंगलबार  सुनको मूल्य घटेको छ । निकै उतार चढाबका बीच कारोबार हुँदै आएको सुनको मुल्य सोमबार  तोलामा ५ सय रुपैयाले बढेको थियो । आज मंगलबार भने सुनको  मुल्य तोलामा ५ सय रुपैयाले घटेको छ ।  गत शुक्रबार यता लगातार बढिरहेको सुनको मुल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७५  हजार ५ सय रुपैयामा कायम भएको छ । सोमबार  स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७६ हजार  रुपैयामा  खरीद बिक्री भएको थियो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा ५  हजार रुपैयाले नै  घटेको  छ ।  आज तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २  सय रुपैया निर्धारण गरिएको महासङ्घले जनाएको छ । सोमबार  तेजाबी सुन प्रतितोला  ७५  हजार ७  सय रुपैयामा  कारोवार भएको थियो । इरान र अमेरिका बीच त’नाव बढिरहेको कारण सुनको मूल्य अझै बढ्ने अनुमान गरिएकाे छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले घटेको  छ ।   आज चाँदीको मुल्य प्रतितोला ९ सय रुपैयामा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६०६:५५

फेरी बढ्यो सुनको भाउ! अहिलेसम्मकै सबैभन्दा महँगो, अझै बढ्ने अनुमान!