कलेज ड्रेसमा मख्ख देखिइन् करिश्मा, जान थालिन् कलेज ! [तस्विर सहित]

काठमाडौँ – यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी चर्चित नायिका करिश्मा मानन्धरले उच्च शिक्षाको लागि कलेज जान शुरु गरेकी छन्।

एसईई परिक्षाको लागि जाँदै गर्दा

कलेज ड्रेसमा देखिएकी करिश्माको तस्विर सार्वजनिक भएसँगै करिश्मा कलेज जान थालेको थाहा हुन आएको हो। प्राप्त जानकारी अनुसार करिश्मा किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् ।

करिश्माले बुधबार मात्रै आफ्नो फेसबुक मार्फत उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक गरेकी हुन्। सार्वजनिक भएको तस्विरमा करिश्मालाई आफ्नो कार अगाडी कुकुर सँगै देखिएको छ।

किटिनी स्कुल भएको क्षेत्र करिश्माको जन्मस्थान क्षेत्र पनि हो। किटिनी कलेज गोदावरी नगरपालिकाभित्र पर्छ। सोहि स्कुल नजिकै टौखेलमा करिश्माको आकर्षक घर पनि छ। त्यहाँ उनी पति बिनोद मानन्धरसँग समय-समयमा पुग्ने गरेकी छन्।

केहि समय राजनीतिमा समेत सक्रिय रहेकी करिश्मा यसै वर्ष एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी थिइन्। करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरी यसै वर्ष एसईई उत्तीर्ण गरेकी हुन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६०५:१३

डाक्टर उदिपसँग आँचल शर्माको प्रेम? गर्छिन मिस!