डाक्टर उदिपसँग आँचल शर्माको प्रेम? गर्छिन मिस!

काठमाडौँ, साउन २९ । अभिनेत्री आँचल शर्मा (दवाडी) समय-समयमा प्रेमको कारण चर्चामा आउछिन् ।नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेदेखि नै आचलको नाम अभिनेता पल शाहसंग जोडेर  आउथ्यो। तर पछिल्लो समय उनिहरुको प्रेम चर्चा सेलाएको छ । चलचित्रसँगै म्यूजिक भिडियो र विज्ञापनको काममा व्यस्त रहेकी आँचल शर्माको  व्यक्तिगत जीवनको खबर पनि सार्वजनिक भैरहेको हुन्छ । त्यस्तै हालै उनि डाक्टर उदिप श्रेष्ठ नाम गरेका एक यूवकसँग प्रेममा रहेको कुराले सिने नगरी तताएको छ । पेशाले उदिप श्रेष्ठ डाक्टर हुन् ।

पछिल्लो  समयमा आँचलले  इन्स्टाग्राम स्टोरीमा उदिपसँगको तस्वीर निकै सार्वजनिक गरिरहन्छिन् ।  केही दिन अगाडि उनि भारत पुग्दा पनि आँचलले आफूले मिस गरिरहेको भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । एक अन्तर्वार्तामा आँचललाई उदिपसँग तपाइको प्रेम हो भनेर सोध्दा उनले उदिप र म निकै नै नजिकको साथी मात्रै भएको बताएकी थिइन्। साथै आफुहरु बीच अहिले नै प्रेम छ भनेर भनिहाल्न नमिल्ने र भोली जे पनि हुनसक्छ भन्दै उदिप आफुलाई राम्रो लाग्न थालेको आचलले बताएकी थिइन् ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०६:४७

आमिर खानकी छोरीको यो रुप जो कोहिले चिन्दैनन्, हेर्नुहोस तस्विर!