म सुतिरहेको अवस्थामा राति १ बजे जबरजस्ती गर्यो….

सांकेतिक तस्विर

काठमाडौँ – घरबेटीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामा रहेका छन्। लामालाई घरबेटी महिलालाई गत जेठ २३ गते राति १ बजे जबरजस्ती गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते क रणी गरेका थिए ।

“मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबरजस्ती गर्यो, कसैलाई भने मा रिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबरजस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले भनिन् ।

लामा उक्त घरमा विसं २०७२ देखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०५:५१

प्रहरीको भ्यानले बालकुमारी पुलमुनि एक जनालाई ठक्कर दियो, बुधबार बिहानै मृत्यु !