प्रहरीको भ्यानले बालकुमारी पुलमुनि एक जनालाई ठक्कर दियो, बुधबार बिहानै मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा काठमाडौंमा एक जनाको ज्यान गएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले मंगलबार राति ठककर दिँदा घाइते भएका १ व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसरका अनुसार महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राती बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक व्यक्तिलाई ठक्कर दिएको थियो।

ठक्कर पछि घाइते भएकालाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएपनि उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन।

ज्यान गुमाउनेले बोराको कपडा बनाएर लगाएको पाइएको हुँदा उनी सडकमै बस्दै आएको हुन सक्ने अनुमान गरिएको छ। ठक्कर दिने चालक र सवारी दुवैलाई महानगरीय प्रहरी बृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०६:०५

“रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ” – पुडासैनीको अन्तिम आवाज…