काठमाडौँ – तर्साएर करणी गर्दै आएका एक युवकलाई झापामा एक किशोरीले खु कु री प्रहार गरेकी छन्।
पिडित किशोरीकी आमा वैदेशिक रोजगारीको लागि ओमानमा छिन् भने बुबा गाउँमै मजदुरी गर्दै आएका छन्। आमा-बुवा दुवैको ज्यान लिने भन्दै गुरुङले धम्की दिने गरेको किशोरीको भनाई छ।
किशोरीका अनुसार गुरुङले घरको कोठा, खेतबारी जहाँ भेटेपनि दुर्व् यव हा र गर्दै आएका थिए। पटक-पटक पीडा सहेर बस्नुभन्दा खु कु री हानेर जेल जानै परे पनि ठिक हुने भन्दै यस्तो कदम लिएको किशोरीको भनाई छ।
तर आरोपीले भने किशोरीलाई करणी नगरेको जिकिर गर्दै आएका छन्। किशोरीको स्वास्थ्य परीक्षण गरिसकिएको र घटना बारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।