काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतको आफ्नो क्षमताले भ्याएको खण्डमा नेपाललाई सिक्किम बनाइदिने दावी गरेका छन्।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा गिरिले भारतले नेपाललाई सिक्किम बनाउन सकेको जे पनि गर्ने दावी गरेका हुन्।
“हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो।”,गिरिले भने,”भारतको आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिन्छ।”
यस्तै उनले नेपाल-भारत सिमानामा काँडेतार लाउने र सुरुङ युद्ध गर्ने घोषणा गरेका नेताहरु नै अहिले सरकारमा हुँदा पनि केहि गर्न नसकेको प्रति उनले दुख व्यक्त गरेका छन्।
“हिजो क्रान्ति गर्नेहरु नै अहिले सत्तामा रहेका छन्। तर भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरिरहेका छन्।”, नाम नलिएता पनि घुमाउरो पारामा प्रचण्डलाई इंकित गर्दै उनले भने।
पालको सीमा अतिक्रमण, दशगजामा सडक निर्माण र असमान सन्धि-सम्झौता लगायतबारेमा छलफलमा भाग लिएका गिरिले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत भएर समयमै कुटनीतिक सक्षमता देखाउन सरकारलाई सुझाव दिएका छन्।