कपूर खानदानका अविवाहित छोरीहरु : कपूर खानदानका यी ५ छोरी छन् दुलाहाको पर्खाइमा !

कपूर खानदान भारतीय चलचित्रको सबैभन्दा पुरानो परिवार हो। यसमा राज कपूरको साथ-साथै अनिल कपूर र पंकज कपूरको परिवारका नाम पनि समावेश छ। कपूर परिवारका थुप्रै पिढीहरुले हिन्दी फिल्मको विकासमा धेरै महत्वपूर्ण योगदान दिएका छन्। यस परिवारले हिन्दी सिने जगतमा धेरै मान-सम्मान र लोकप्रियता हासिल गरेका छन्। तर आज हामी चर्चा गर्ने छौं कपूर परिवारका ती छोरीहरुका बारेमा जो अहिले सम्म कुमारी छन् र फिल्ममा आउने तयारी गर्दै छन्।

• सनाह कपूर

सर्वप्रथम हामी चर्चा गर्ने छौं प्रसिद्ध अभिनेता पंकज कपूरकी छोरी सनाह कपूरको। प्रसिद्ध युवा अभिनेता शाहिद कपूरकी बहिनी सनाह सन् सन् १९९२ मा जन्मिएकी थिईन। तर फिल्म उद्योगबाट भने अझै टाढै छिन्। उनले शाहिद कपूरको फिल्म ‘शानदार’ मा थोरै भूमिका पाएकी थिईन।

• रिया कपूर

गत ८ मेमा विवाह गरी घर बसालेकी अभिनेत्री सोनम कपूरकी बहिनी रिया कपूर पनि सुन्दरतामा कुनै अभिनेत्री भन्दा कम सुन्दर छैनन्। रियाले अहिलेसम्म विवाह गरेकी छैनन्। उनी एक फेशन डिजाइनर हुन् र फिल्ममा उनको कुनै रुचि छैन। रिया आफ्ना पिता अनिल कपूरको फिल्मको लागि आउटफिट गर्छिन्।

• अंशुला कपूर

निर्माता बोनी कपूरकी छोरी र बहुप्रसिद्ध अभिनेता अर्जुन कपूरकी बहिनी अंशुला कपूर पनि लाइमलाइटबाट टाढा छिन्। तर श्रीदेवीको अचानक भएको मृत्युको कारण अंशुलाले मिडियाको राम्रो ध्यान पाएकी छिन्। २५ वर्षीय अंशुला बोनीकी पहिलो पत्नीबाट जन्मिएकी हुन्। अंशुला फिल्मी क्षेत्रबाट टाढा छिन् र अहिले सम्म विवाह पनि गरेकी छैन।

• जाह्नवी कपूर

स्वर्गीय अभिनेत्री श्रीदेवीकी जेठी सुपुत्री जाह्नवी कपूर चर्चित स्टार किडहरु मध्ये एक हुन्। उनी फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखेकी थिइन्।

• खुशी कपूर

अन्त्यमा हामी चर्चा गर्नेछौं जाह्नवीकी बहिनी खुशी कपूरको जो अहिले चर्चामा छाईरहेकी छिन्। उनी प्राय: आफ्नो ग्लामरस फोटोशूटमा व्यस्त रहन्छिन। अहिले उनी अध्ययन गर्दै छिन्। र उनी चलचित्र क्षेत्रमा आउने बारे कुनै खबर आएको छैन।

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:१९

३ खान फ्लप हुँदा तहल्का मचाउने शाहिदको ह्वातै भाउ बढ्यो, हजार प्रतिशत बढाए पारिश्रमिक ! कति ?