जनैलाई उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध र ब्रह्मसूत्र पनि भनिन्छ । यसलाई उपनयन संस्कार पनि भनिन्छ । हिन्दू समाजमा हरेक पुरुषले जनै धारण गर्नु पर्दछ । मानिसहरु जनैको नियमलाई पालना गर्न नसकेर आज-भोली यसको धारण गर्न छोडीसकेका छन् । आज हामी जनै लगाउनुको केही लाभहरुको बारेमा चर्चा गर्नेछौ ।
१. कीटाणुबाट सुरक्षा : जो व्यक्ति जनै धारण गर्छ र यससँग जोडिएको नियमलाई पालन गर्दछन्, उनीहरु मल-मूत्र त्याग गर्दा आफ्नो मुख बन्द राख्ने गर्दछन् । यसको बानी लागे पछि मानिसहरु सजिलैसँग फोहोर स्थानमा पाइने कीटाणुको प्रकोपबाट बच्ने गर्दछन् ।
२. मृगौलाको सुरक्षा : यो नियम रहेको छ कि बसेर नै जलपान गर्नु पर्दछ अर्थात उभिएर पानी पिउनु हुदैन। यसै नियमअन्तर्गत बसेर नै मूत्र त्याग (पिसाब फेर्नु) गर्नु पर्दछ । यी दुवै नियमको पालना गर्नाले किड्नीमा प्रेशर पर्दैन । जनै धारण गर्नाले यी दुवै नियम अनिवार्य हुने गर्दछ ।
३. हृदय रोग वा ब्लडप्रेशरबाट बचाउछ : स्रोतनुसार मेडिकल साइन्सले पनि यो पत्ता लगाएको छ कि जनै लगाउने मानिसलाई हृदय रोग र ब्लडप्रेशरको आशंका अन्य ब्यक्तिको तुलनामा कम हुने गर्दछ । जनैले शरीरमा रगतको प्रवाहलाई कन्ट्रोल गर्नमा मद्दत गर्ने गर्दछ । चिकित्सक अनुसार जनै हृदयको नजिकबाट जादा यसले हृदय रोगको सम्भावना कम गर्ने गर्दछ, किनकी यसले रक्त संचार सुचारू रूपले संचालित गर्न मद्दत गर्दछ ।
४. प्यारालाइस बाट सुरक्षा : जनै धारण गर्ने व्यक्तिलाई प्यारालाइसीस हुने सम्भावना कम हुने गर्दछ ।
५. कब्जियतबाट सुरक्षा : जनै कानमा बेर्ने नियम पनि रहेको छ । यस्तो गर्नाले कानको नजिकबाट जाने ती नसाहरुमा दबाव पर्दछ जसको सम्बन्ध सिधा आन्द्रासँग हुने गर्दछ । यी नसामा दबाव पर्नाले कब्जियत समस्या हुने सम्भावना निकै कम हुने गर्दछ। पेट सफा हुनाले शरीर र मनदुवै स्वास्थ्यजनक हुने गर्दछ ।
६. शुक्राणुबाट रक्षा : दायाँ कान नजिकबाट त्यो नसा पनि जाने गर्दछ जसको सम्बन्ध अन्डकोष र गुप्ताङ्गसँग हुने गर्दछ । मूत्र त्यागको समय दाया कानमा जनै बाध्नाले नसा दबिने गर्दछ जसबाट वीर्य निस्कने गर्दछ । यस्तोमा शुक्राणुहरुको रक्षा हुने गर्दछ । यसबाट मानिसको बल र तेजमा वृद्धि हुने गर्दछ ।
७. स्मरण शक्ति : कानमा हरेक दिन जनै राख्ने र कस्ने गर्दाले स्मरण शक्तिको क्षय हुदैन । यसबाट स्मृति कोष बढीरहने गर्दछ । कानमा दबाव पर्नाले दिमागको त्यो नसा सक्रिय हुने गर्दछ जसको सम्बन्ध स्मरण शक्तिसँग हुने गर्दछ । वास्तवमा गल्ती गर्नाले बच्चाको कान समात्ने या निमोठ्ने को पछाडि कारण यहि हुने गर्दछ ।
८. आचरणको शुद्धतासँग बढ्छ मानसिक बल : काधमा जनै रहेको मात्र महसुस हुनाले मानिस नराम्रो कार्यबाट टाढा रहने गर्दछ । पवित्रताको महसुस हुनाले आचरण शुद्ध हुन थाल्दछ । आचरणको शुद्धताबाट मानसिक बल बढ्ने गर्दछ ।
९. नकारात्मक शक्ति : यस्तो मान्यता रहेको छ कि जनै लगाउने व्यक्तिको नजिक नकारात्मक शक्ति आउने गर्दैन । यसको कारण जनै धारण गर्ने व्यक्ति आफै पवित्र आत्मरूप बन्ने गर्दछ र उसमा स्वत: ही आध्यात्मिक ऊर्जाको विकास हुने गर्दछ ।