जब च्याट गर्दा-गर्दा REDMI मोबाइलबाट धुवाँ निस्किन थाल्यो….

एजेन्सी – भारत हरियाणा स्थित कैथल जिल्लाका एक युवक फेसबुकमा मस्त च्याट गर्दै थिए। एक्कासी उनको मोबाइल तातो हुँदै गयो। तात्ने मात्र नभई मोबाइलबाट धुँवा नै निस्किन थाल्यो।

धुँवा देखिए लगतै उनले मोबाइल हत्तपत्त जमिनमा फ्याँकीदिए। जमिनमा खसे लगतै मोबाइल पड्कियो। पड्कियो मोबाइल लिएर उनी मोबाइलको सर्विस सेन्टर पुगे तर मोबाइलको वारेन्टी सकिएको भन्दै सर्विस सेन्टरले मोबाइलको जिम्मेवारी लिन मानेन।

भारतीय संचार माध्यमहरुका अनुसार घटना पड्किएको मोबाइल रेड्मी(REDMI) रहेको छ। कैथलको भाणा गाउँका देवेन्द्र नाम गरेका युवकले प्रयोग गर्दा-गर्दै फोनबाट धुँवा निक्लिएको र पड्किएको घटना बारे विभिन्न भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

समयमै थाहा पाएर देवेन्द्रले मोबाइल जमिनमा फ्याँकेको कारण उनलाई कुनै पनि चोट नलागेको बताइएको छ। घन्टौं सम्म लगातार च्याट गरेको कारण मोबाइल तातेर पड्किएको हुन सक्ने अनुमना गरिएको छ।

चार्ज गर्दै मोबाइल चलाउँदा र लामो समय सम्म लगातार इन्टरनेट प्रयोग गर्दा मोबाइल पड्किन सक्छ भन्ने यो एक उदाहरण मात्रै हो। विभिन्न समयमा मोबाइल पड्किएर मानवीय क्षति समेत भएको समाचारहरु आउने गरेका छन्।

जुन पायो त्यहि मोबाइल किन्नु खतरनाक हुन सक्ने भन्दै विज्ञहरुले चार्जमा राखेर मोबाइल नचलाउन सुझाव दिने गरेका छन्। यधपी चार्जमै राखेर मोबाइल चलाई लापरवाही गर्न भने मानिसहरुले छाडेका छैनन्।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०४:५३

कपन जाँदा बहुलाहा कुकुरले टोक्यो, नजरअन्दाज गर्दा रेबिज लागेर मृत्यु !