बलिउडमा नयाँ अनुहार : यी हुन् बलिउडका सबै भन्दा महँगा नयाँ नायिकाहरु !

एजेन्सी- बलिउड विश्वकै एक प्रतिष्ठित चलचित्र उद्योग भित्र पर्नेमा कुनै दुई मत छैन। विश्वमा सबै भन्दा धेरै चलचित्र बलिउडमा निर्माण हुन्छन्। नयाँ-नयाँ कलाकारहरुको बलिउडमा आगमन हुनेनै गरेको छ। पछिल्लो केहि वर्ष देखि बलिउडमा कलाकारहरुका सन्तानहरु डेब्यु गर्ने लहरनै चलेको छ।

नायिकाको रुपमा डेब्यु गरेका र गर्ने तयारीमा नायिकाहरुको विषयमा मिडियाहरुको धेरैनै चासो हुने गरेको छ। डेब्यु गरिसकेका र डेब्यु गर्ने तयारीमा रहेका नायिकाहरुमा सबै भन्दा महँगो नायिका को होला ? हेर्नुहोस् नयाँ पुस्ताका नायिकाहरुले कति पारिश्रमिक लिन्छन् ।

जायरा वसीम

सन् २०१६ मा चलचित्र दंगलबाट बलिउडमा डेब्यु गरेकी जायाराले सीक्रेट सुपरस्टारमा काम गरिसकेकी छिन्। एक श्रोतका अनुसार जायाराले सीक्रेट सुपरस्टारको लागि लगभग १।५ करोड भारतीय रुपैया लिएकी थिइन्। तर बलिउडबाट भने जयराले सन्यास लिसकेकी छन्।

जाह्नवी कपूर

सन् २०१८ मा धडकबाट बलिउडमा डेब्यु गरेकी जाह्नवी कपूरको पहिलो चलचित्रनै १०० करोड क्लबमा प्रवेश गरेको थियो। भारतीय मिडियाहरुका अनुसार जाह्नवीके यस चलचित्रको लागि ८० लाख भारतीय रुपैया पारिश्रमिक लिएकी थिइन्।

सारा अली खान

लगातार एकै महिनामा साराका दुई चलचित्र बलिउडमा रिलिज भए। सन् २०१८ को डिसेम्बर महिनामा साराको दुई चलचित्र रिलिज मात्र भएनन् सफल पनि भए। एक श्रोतका अनुसार उनले दुवै चलचित्रको लागि १-१ करोड भारतीय रुपैया लिएकी थिइन्।

अनन्या पाण्डे

बलिउड एक्टर चंकी पाण्डेकी छोरी डेब्यु अगाडीनै अत्याधिक रुचाइएकी छिन्। सामाजिक संजालमा अत्यधिक चर्चित रहेकी अनन्याले केहि समय अगाडी मात्रै स्टूडेन्ट अफ दी ईयर-२ बाट डेब्यु गरेकी थिइन्। अनन्याले यस चलचित्रको लागि ८५ लाख भारतीय रुपैया लिएको बताइन्छ।

तारा सुतारिया

स्टूडेन्ट अफ दी ईयर-२ बाटनै डेब्यु गरेकी तारा सुतारिया विभिन्न शोहरुमा पनि काम गरिसकेकी छिन्। एक श्रोतका अनुसार उनले यस चलचित्रको लागि १ करोड भारतीय रुपैया लिएकी थिइन्।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०५:४६

राजकुमारभन्दा कम थिएन शम्मी कपूरको जिन्दगी, दुई जनासँग विवाह…