उदाहरणीय इमरान खान : प्रधानमन्त्री भएर पनि अन्य मन्त्री भन्दा कम तलब ! तलब कति ? हेर्नुहोस्

एजेन्सी- खेल क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका इमरान खान २२ औं प्रधानमन्त्री रहेका छन्। पाकिस्तानको आम निर्वाचन जितेर सन् २०१८ मा खान पाकिस्तानको प्रधानमन्त्री बनेका थिए।

हालसालै खानले बुज्ने गरेको तलबको स्लिप पाकिस्तानी मिडियाहरु मार्फत सार्वजनिक भएका छन्। प्रधानमन्त्री इमरान खानको मन्त्रीको भन्दा पनि कम तलब भएको दाबि गर्दै तलबको स्लिप सार्वजनिक गरेका हुन्।

जियो न्यूजको रिपोर्ट अनुसार प्रधानमन्त्री इमरान खानले हरेक महिना कर कटाएर एक लाख ९६ हजार ९ सय ७९ रुपैयाँ बुज्छ्न्। यधपी उनको खास तलब भने महिनाको दुई लाख एक हजार पाँच सय चौहत्तर पाउँछन्।

उनको तलबबाट हरेक महिला चार हजार पाँच सय ९५ करमा जाने गर्छ। देशका केहि मन्त्रीहरु भन्दै खानले कम तलब बुज्ने गरेको पाकिस्तानी मिडियाहरु बताउँछन्।

पाकिस्तानका मन्त्रीहरुले दुई लाख पचार हजारसम्म तलब थाप्ने गरेका छन्। यस्तै पंजाबका मुख्यमन्त्रीको तलब तीन लाख ५० हजार रहेको छ। यसको तुलनामा खानको तलब धेरै कम मान्न सकिन्छ।

अघिल्लो महिना भारत र पाकिस्तान बीच युद्धको स्थतिनै शिर्जना हुँदा बुद्धिमानि कदम चालेको कारण खानको विश्वभर चर्चा भएको थियो।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०५:४६

लौन हजुर यस्ता जुक्तिको आविष्कार गरेर गायब भएका महानवलाई खोजिदिनुपर्यो ! [हाँसो लाग्ने तस्विर सहित]