भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको ३१ गते शुक्रवार इश्वी संवत २०१९ अगस्ट १६ तारिख, भोलि काठमाडौंमा सूर्योदय बिहान – ५: ३५ बजे, सूर्यास्त साँझ – १८:४० बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
बिगतका सफलताले गर्दा काममा गर्न हौसला बढ्ने छ। सिर्जनात्मक कार्यमा हात हाल्ने समय रहेको छ। सुखद यात्राको अवसर जुट्नेछ। ठुलाबडाको आशिर्वाद मिल्नेछ। सन्तान सुख मिल्नेछ। दाम्पत्य जिवनमा खुसियाली छाउने छ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
नयाँ कामको थालनी गर्ने शुभ समय रहेको छ। आय आर्जनमा वृद्धि हुनेछ। सरकारी क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ। साझेदारीका कामबाट फाइदा मिल्नेछ। अरुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुहोला।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
पशु पालन तथा कृषि चौपायको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। शारीरिक स्फूर्तिको अभाव रहनेछ। पढाईलेखाईमा प्रगति हुनेछ। सोचेका काम बन्नाले मनमा उत्साह बढेर जानेछ। व्यापार व्यवसायको क्षेत्रमा सहकर्मीको प्रसस्त साथ र सहयोग पाइने छ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
परिवार तथा बन्धु बान्धवका बिचमा आत्मियता बढ्ने छ। भुमि तथा मातृधनबाट लाभ उठाउने समय रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। अनावश्यक क्षेत्रमा खर्च हुनाले आर्थिक तंगी बढ्ने छ। नया कामको थालनी सकेसम्म नगर्दा नै राम्रो हुनेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
बिग्रिएका सम्बन्ध र आफ्ना बिगतका कमि कमजोरीहरुलाई सुधार्दै लगिने समय छ। महत्वाकांक्षी योजनालाई गोप्य राखेर अगाडी बढ्दा बिशेष लाभ हुने देखिन्छ। पारिवारिक वातावरण क्लेशमय रहनेछ। स्वास्थ्यमा समस्या देखिने छ। अपेक्षा गरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ता बढ्ने छ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
पढाई लेखाईमा सफलता पाउनका लागि कडा मेहनत गर्नु पर्ने देखिन्छ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ। प्रतिष्पर्धामा बिजयी भइने छ। आर्थिक लाभको समय रहेको छ। घरायसी वातावरण सुखमय रहने छ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
बौद्धिक तथा सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। अनावश्यक झैँ झमेलामा नपर्दा नै राम्रो हुनेछ। पेटसम्बन्धी समस्याले सताउने छ। बिछोडिएका परिवारसंग भेटघाट हुनेछ। साथीभाइका साथमा रमणीय यात्रामा निस्कने समय रहेको छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
पुराना समस्याले उल्झनमा पार्ने छ। दाम्पत्य सम्बन्धमा असमझदारी बढ्ने छ। शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। कृषि तथा पशुपालनको क्षेत्रमा खर्च बढ्नेछ। सार्वजनिक क्षेत्रमा मानहानीको सम्भावना भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिनेछ। अनावश्यक धन खर्च हुनबाट बच्नु पर्नेछ। सुखद समाचार सुन्ने अवसर मिल्नेछ। स्वादिष्ट भोजनमा मन रमाउने छ। समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।धार्मिक कार्यमा मन जानेछ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn )
लेनदेनको विवादले अप्ठ्यारोमा पार्न सक्छ। पढाई लेखाईमा समय दिन नसकिएला। पहिलेका समस्याहरु पुन दोहोरिएला। बोलिको मिठासका कारण हर कोहीको मन जित्न सकिने छ। स्वास्थ्यमा आएको अचानक परिवर्तनले केहि समस्या पार्न सक्ला।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ। सहयोगको आशा देखाउनेहरुले साथ छोडनाले समस्यामा परिनेछ। आयआर्जनको तुलनामा खर्चको मात्रा बढेर जानेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा गहन रुचि बढ्ने छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
नया काममा मातापिताको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ। कृषि चौपायको क्षेत्रबाट लाभ मिल्नेछ। नया काममा हात हाल्ने समय रहेको छ। धार्मिक कार्यमा मन जानेछ। बाणीको असंयमितताका कारण अनावश्यक वाद विवादमा फस्ने सम्भवना रहेको छ। मौकाको फाइदा उठाउनेहरु प्रसस्त भेटिने छन सजक रहनु पर्नेछ।